ओप्पोको फोन पड्कियो, भारतीय प्रयोगकर्ताले भने-कहिले पनि नकिन्नुस् ओप्पोको फोन

  • Technology Khabar | १५ श्रावण २०७९, आईतवार
ओप्पोको फोन पड्कियो, भारतीय प्रयोगकर्ताले भने-कहिले पनि नकिन्नुस् ओप्पोको फोन

काठमाडौं ।

चिनियाँ स्मार्टफोन ओप्पो रेनो २ फोनमा ब्लास्ट भएको घटना सार्वजनिक भएको छ। ह्वाट्सएप चलाउने क्रममा छिमेकी देश भारतस्थित बैंगलोरमा प्रयोगकर्ताको फोनमा विस्फोट भएको छ।

भारत स्थित ओप्पोको सर्भिस सेन्टरबाट असन्तुष्ट प्रयोगकर्ताले ट्विटरमा भने- ‘कहिल्यै #Oppo’ मा भरोसा नगर्नुहोस्, जसको मतलब ओप्पोलाई कहिल्यै विश्वास नगर्नुहोस्।

ओप्पोले सन् २०१९ मा भारतीय बजारमा रेनो २ लन्च गरेको थियो। ओप्पोको यो मिड रेन्ज फोनको ब्लास्टबारे कम्पनीलाई ट्याग गर्दै प्रयोगकर्ताले ट्विटरमा आफ्नो गुनासो गरेका छन् । यससँगै ओप्पोको सर्भिस सेन्टरबाट प्राप्त प्रतिक्रियाको स्क्रिनसट पनि सेयर गरिएको बीजीआर डटइनले रिपोर्टमा उल्लेख गरेको छ।

प्रयोगकर्ता रिसाएर ट्वीट गरे
वामसी नामका प्रयोगकर्ताले ओप्पो रेनो २ बारे गुनासो गर्दै धेरै ट्वीट गरेका छन्। आफ्नो ट्वीटमा प्रयोगकर्ताले ओप्पोको यो फोनमा लाइट वेट एप व्हाट्सएप स्क्रोल गरिरहेको बताए। त्यही क्रममा फोन विस्फोट भएको थियो। यस विषयमा ओप्पोको सर्भिस सेन्टरमा पुग्दा उनको अनुभव ठीक थिएन्।

ओप्पो इण्डियाले प्रयोगकर्ताको ट्विटको जवाफ दिँदै स्क्रिनसट साझा गरेको छ। जसमा लेखिएको थियो तपाईको डिभाइस जलेको छैन, यसलाई जानाजानी तोडिएको छ। हामी यसलाई विस्फोट मामिला मान्दैनौं। यदि तपाइँसँग अझै पनि कुनै गुनासो छ भने हाम्रो सेवा केन्द्रमा जानुहोस्। यसपछि वामसी नामका एक प्रयोगकर्ताले पोस्ट गरे र भने कि ओप्पोलाई विश्वास नगर्नुहोस्।

प्रकाशित: १५ श्रावण २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

NOC from Nagarik App

  • १५ श्रावण २०७९, आईतवार

Artemis II’s record-breaking journey around the moon ends with dramatic splashdown

  • १५ श्रावण २०७९, आईतवार

NOC from Nagarik App

  • १५ श्रावण २०७९, आईतवार

E-pension verification system launched

  • १५ श्रावण २०७९, आईतवार