
काठमाडौं ।
हिताचीका चार नयाँ उत्पादन नेपाली बजारमा सार्वजनिक भएको छ।नेपालमा हिताची होम अप्लाइन्सेसको आधिकारिक वितरक युनिभर्सल इलेक्ट्रोकम प्रालिले ती उत्पादन ल्याएको हो।
कम्पनीका हिताची फ्रन्ट लोड वासिङ मेसिन बीडी–डी १२० एक्सजीभी, कर्डलेस स्टिक भ्याकुम क्लिनर पीभी–एक्सएल २ के २४० यूएस, माइक्रोवेभ ओभन र आर–डब्ल्युबी ६४० भीओपीबी बजारमा आएको हो।
यी उत्पादनहरु चौथो त्रैमासिकदेखि बजारमा उपलब्ध हुने हिताचीका व्यवसाय विकास विभाग (निर्याततर्फ) का महाप्रबन्धक तरुण जैनले बताए।
उत्पादनहरूमा हिताची माइक्रोवेभ ओभनका ४ मोडल, हिताची फ्रन्ट लोड अटोमेटिक १२ केजी वासिङ मेसिन, हिताची फ्रेन्च बटम रेफ्रिजरेटर र हिताची कर्डलेस स्टिक भ्याक्युम क्लिनर समावेश छन् ।
कार्यक्रममा रमेश कर्पका कार्यकारी निर्देशक सञ्जय अग्रवालले भने, “हामी नेपालका हाम्रा सबै ग्राहकका लागि गुणस्तरीय उत्पादन लाइन अप र बिक्रीपछिको सेवा सुनिश्चित गर्न कडाइका साथ काम गर्नेछौँ।”
हिताचीले नेपाली प्रयोगकर्ताहरूलाई विश्वव्यापी पाइने उत्कृष्ट उत्पादनहरू उपलब्ध गराउन नेपालमा आफ्नो सञ्चालनलाई थप मजबुत बनाउने योजना रहेको बताएको छ । ग्राहकको सन्तुष्टि आफ्नो उच्च प्राथमिकतामा रहेको जनाउँदै हिताचीले आफ्ना ग्राहकहरूलाई अझ राम्रो बिक्री सेवा र बिक्रीपछिको हेरचाह दिने प्रतिज्ञा गरेको छ।
हरेक नेपाली घरपरिवार माझ नया आविस्कारी प्रविधिहरू नजिक ल्याउने उद्देश्यका साथ हिताचीले विविधता र गुणस्तरयता सुनिश्चित गर्दै आगामी दिनहरूमा लागिपर्ने पनि बताएको छ ।
“रमेश कर्पसँगको हाम्रो व्यापार साझेदारीले हिताची होम अप्लाइन्सलाई नेपालका कुना कुनामा विस्तार गर्दै, उत्कृष्ट सुविधा र प्रविधिका साथमा प्रत्येक घरलाई समृद्ध बनाउनेछ भनेर हामी दृढ विश्वास गर्छौँ,” हिताचीका प्रबन्धक निर्देशक चेन टेक बेङले भने ।
प्रकाशित: १५ श्रावण २०७९, आईतवार