
काठमाडौं ।
राष्ट्रिय परीक्षा बोर्डले माग गरेको कर्मचारी आवेदनका लागि अनलाइनबाट मात्र आवेदन दिन पाईने भएको छ।
बोर्डमा रिक्त पदपूर्तिका लागि यहि साउन ६ गते प्रकाशित विज्ञापनको खुला प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति हुने पदमा उम्मेदवारहरुले विद्युतीय माध्यमबाट मात्र अनलाइन आवेदन दिन सकिने कार्यालयले जानकारी दिएको हो।
यसको लागि साउन १३ गतेदेखि अनलाइन आवेदनबाट मात्र दरखास्त दिने व्यवस्था मिलाईएको बोर्डले जनाएको छ।
बोर्डले विभिन्न १० पदहरुका लागि ६० भन्दा धेरै कर्मचारी भर्ना गर्ने उल्लेख गरेको छ।
यदि तपाईँ पनि बोर्डले माग गरेको पदहरुमा आवेदन दिन चाहनुहुन्छ भने यहाँ क्लिक गरेर आवेदन दिन सक्नुहुनेछ।
प्रकाशित: १४ श्रावण २०७९, शनिबार