
काठमाडौं ।
चिप निर्माता कम्पनी टीएसएमसीले भर्खरै अमेरिकी राज्य एरिजोनामा नयाँ ५ एनएमको फ्याबको लागि टपिङ-आउट समारोह अर्थात अन्तिम बीम राख्ने कार्यको आयोजना गरेको प्योर-प्ले फाउन्ड्रीले जनाएको छ।
यसको लिंक्डइन पोष्टमा, टीएसएमसीले यो फ्याब २१ को निर्माणमा प्रगति गरिरहेको बताएको छ, जुन फिनिक्समा यसको नयाँ ५ नानोमिटरको फ्याब्र हो । “टीएसएमसी एरिजोना अमेरिकामा सबैभन्दा एडभान्स लिडिङ एज सेमीकन्डक्टर टेक्नोलोजी ल्याउन समयमै र ट्र्याकमा छ,” कम्पनीले पोस्टमा भन्यो।
टीएसएमसीले सन् २०२२ को दोस्रो आधामा एरिजोना फ्याबमा उपकरण संचालन गर्न शुरुवात गर्ने तालिका रहेको कम्पनीले पहिले नै खुलासा गरेको थियो। फाउन्ड्रीले सन् २०२४ को पहिलो त्रैमासिकमा २०,००० वेफरको मासिक उत्पादन क्षमताको लागि डिजाइन गरिएको फेबको फेज-वान सुविधामा भोल्युम उत्पादनमा प्रवेश गर्ने अपेक्षा गरेको छ।
जुलाईको मध्यमा टीएसएमसीको आय सम्मेलन कलको प्रश्नोत्तर सत्रमा, कम्पनीका अध्यक्ष मार्क लिउले एरिजोनामा नयाँ फ्याबको लागि अपेक्षित भन्दा उच्च लागतको बारेमा कुरा गरेका थिए।
“तर लागतको कुरा हुनु हुँदैन, किनभने फ्याबले अमेरिकामा टीएसएमसीका स्थानीय ग्राहकहरूको आवश्यकताहरू पूरा गर्ने हो,” लिउले भने। लिउका अनुसार अमेरिकी सरकारबाट पाउने अनुदानहरू लागत घटाउन टीएसएमसीको प्रयासहरूको लागि महत्त्वपूर्ण हुनेछ।
प्रकाशित: १४ श्रावण २०७९, शनिबार