
काठमाडौं ।
टिकटक जस्तै बन्ने अभियानबाट इन्स्टाग्राम पछि हटेको छ। इन्स्टाग्रामले नयाँ फिचर मार्फत् पोस्टलाई भन्दा पनि छोटो भिडियोलाई प्राथमिकता दिन खोजिरहेको थियो।
इन्स्टाग्रामका प्रयोगकताहरु, सेलिब्रेटीहरुले उक्त नयाँ फिचरको विरोध गरेसँगै अन्तत कम्पनी नयाँ सुविधा रोलआउटबाट पछि हटेको बीबीसीले उल्लेख गरेको छ।
नयाँ फिचरमार्फत् इन्स्टाग्रामले प्रतिपर्धी एप टिकटक जस्तै शैलीमा भिडियो सामग्रीेको सिफारिस वृद्धि गरेको थियो।
डिस्प्ले र फिडमा परिवार र साथीहरुको तस्बिर नदेखिएको भन्दै प्रयोगकर्ताहरुले इन्स्टाग्रामको आलोचना गर्न शुरु गरेका थिए।
इन्स्टाग्रामलाई टिकटक नबन्न किम कार्दशियन र काइली जेनरको सुझाब
इन्स्टाग्रामको मूल कम्पनी मेटाले यो परिवर्तनहरु सच्याउन समय लिन चाहन्छ।
अधिक भिडियो सामग्रीतर्फ इन्स्टाग्राम आकर्षित हुनुमा प्रतिस्पर्धी एप टिकटकको बढ्दो लोकप्रियताबाट प्रभावित भएको हुन सक्ने अनुमान गरिएको छ। टिकटकमा प्रयोगकर्ताहरु फोटो भन्दा पनि भिडियो पोस्ट गर्न रुचाउँछन्। धेरैले इन्स्टाग्राम भिडियोका लागि भन्दा पनि फोटो पोस्ट गर्नका लागि प्रयोग गर्छन्। इन्स्टाग्राम आफ्नो मौलिक पहिचानबाट बहकिन खोजेको भन्दै प्रयोगकर्ताहरुले आलोचना शुरु गरेका हुन्।
इन्स्टाग्रामका सीईओ एडम मोसेरीले द भर्जलाई भने परिमार्जन गरिएको एपको परीक्षण संस्करण हप्तामा चरणवद्ध हुनेछ।
‘म खुशी छु कि हामीले जोखिम उठाएका छौं। यदि हामी एक पटक असफल भएनौं भने पर्याप्त ठूलो वा साहसी सोचिरहेका छैनौं,’ उनले भने, ‘हामीले पक्कै पनि ठूलो कदम फिर्ता लिनु पर्छ र पुनःसंगठित हुन आवश्यक छ। हामीले धेरै कुरा सिकेका छौं, तयसपछि हामी केही नयाँ विचार वा पुनरावृत्तिको साथ फिर्ता आउँछौं। त्यसैले हामी त्यो मार्फत काम गर्न जाँदैछौं।’
रियालिटी टिभी स्टार किम कार्दशियन र काइली जेनरले इन्स्टाग्रामलाई टिकटक नबन्न सुझाब दिएका थिए।
उनीहरुले इन्स्टाग्राममा साना भिडियो राख्दै टिकटक जस्तो नबनी “इन्स्टाग्रामलाई फेरी इन्स्टाग्राम बनाउन” सुझाब दिएका थिए।
प्रकाशित: १४ श्रावण २०७९, शनिबार