
काठमाडौं ।
गत आर्थिक वर्ष २०७८/७९ मा ५९ करोड रुपैयाँ बराबरको स्मार्टवाच नेपालमा आयात भएको छ। भन्सार विभागका अनुसार गत आवमा ५९ करोड ६ लाख २८ हजार रुपैयाँ बराबरको ४ लाख ४४ हजार १५३ ओटा स्मार्टवाच नेपाल भित्रिएको हो।
गत आवमा नेपालमा २५ वटा मुलुकबाट स्मार्टवाच भित्रिएको छ। सबैभन्दा धेरै चीनबाट ४८ करोड ६ लाख ९ हजार रुपैयाँ बराबरको ४ लाख २२ हजार ५८३ ओटा स्मार्टवाच भित्रिएको हो।
भेतनामबाट ७ करोड ६ लाख ६७ हजार रुपैयाँ बराबरको २ हजार ५२१ ओटा स्मार्टवाच भित्रिएको छ।
भारतबाट ३ करोड ३ लाख ६७ हजार रुपैयाँ बराबरको १६ हजार ३६२ ओटा स्मार्टवाच भित्रिएको छ।
नेपालमा अस्ट्रेलिया, क्यानडा, साइप्रस, चेक रिपब्लिक, फिनल्याण्ड, फ्रान्स, जर्मनी, हङकङ, जापान, दक्षिण कोरिया, कुवेत, मलेसिया, न्यूजिल्याण्ड, फिलिपिन्स, पोल्याण्ड, सिंगापुर, थाइल्याण्ड, ताइवान, युक्रेन, बेलायत, यूएई, अमेरिकाबाट स्मार्टवाच भित्रिने गरेको छ।
अघिल्लो आव २०७७/७८ मा २४ करोड १ लाख २ हजार रुपैयाँ बराबरको १ लाख ३८ हजार ६५५ ओटा स्मार्टवाच आयात भएको छ। अघिल्लो आवमा नेपालले कुल २४ मुलुकबाट स्मार्टवाच आयात गरेको थियो।
प्रकाशित: १४ श्रावण २०७९, शनिबार