भुकम्प प्रभावित क्षेत्र र आधारभूत विद्यालयमा ब्रोण्डब्याण्ड सेवा पुर्याउन हालसम्म ६ करोड भन्दा बढी भुक्तानी

  • Technology Khabar | १३ श्रावण २०७९, शुक्रबार
भुकम्प प्रभावित क्षेत्र र आधारभूत विद्यालयमा ब्रोण्डब्याण्ड सेवा पुर्याउन हालसम्म ६ करोड भन्दा बढी भुक्तानी

काठमाडौं ।

नेपाल दुरसञ्चार प्राधिकरणले भुकम्प प्रभावित क्षेत्रका विभिन्न स्थानहरुमा ब्रोडब्याण्ड इन्टरनेट सेवा पुर्याउन ६ करोड रुपैयाँ भन्दा धेरै खर्च गरेको छ।

प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोष परिचालन अन्तर्गत भुकम्प प्रभावित क्षेत्र अन्तर्गत ८ जिल्लामा ब्रोण्डब्याण्ड इन्टरनेट सेवाको लागि २ वर्षसम्मको लागि महशुल बापतको रकम तिर्ने सम्झौतापत्रमा हस्ताक्षर गरेको प्राधिकरणद्वारा बिहिबार जारी विज्ञप्तिमा उल्लेख छ।

२०७२ सालको भुकम्पबाट अति प्रभावित क्षेत्रमा काभ्रेपलाञ्चोक, सिन्धुपलाञ्चोक, रसुवा, नुवाकोट, दोलखा, सिन्धुली, रामेछाप र ओखलढुंङ्गा गरी ८ जिल्लाका स्थानिय तहको कार्यालय, वडा कार्यालय, सामुदायिक विद्यालय, सामुदायिक स्वास्थ्य संस्थामा इन्टरनेट जोड्ने कदम प्राधिकरणले चालेको हो।

सरकारले सबै स्थानमा क्षमता अभिवृद्धिका लागि स्थानिय स्तरमा ब्रोडव्याण्ड इन्टरनेट सेवा जडान गरी २ वर्षको लागि महशुल बापतको रकम उपलब्ध गराउने जनाएको थियो।

सोहीअनुसार प्राधिकरणले भुकम्पबाट अति प्रभावित ८ जिल्लाका ४ हजार २५१ स्थानमा कम्तिमा २० एमबीपीएस क्षमताको ब्रोण्डब्याण्ड इन्टरनेट सेवा जडान प्रकृया अगाडी बढाएको छ। तर गत आर्थिक वर्ष २०७९ असारसम्मको प्रतिवेदनअनुसार प्राधिकरणले ती जिल्लाका कुल ७६ मध्ये ७३ गाउँपालिका र नगरपालिकासँग समझदारी पत्रमा हस्ताक्षर गरेको जनाएको छ।

यसका साथै अति प्रभावित ८ जिल्ला र काठमाडौं बाहेकका  ६६ जिल्लाका सम्पूर्ण आधारभुत विद्यालयहरुमा कम्तिमा २० एमबीपीएसको नन डेडिकेटेड ब्रोडब्याण्डका लागि कुल ६५६ मध्ये ३०९ स्थानीय तहहरुसँग मात्र समझदारी गरेको उल्लेख छ।

यी सबै कार्यका लागि हालसम्म प्राधिकरणले कुल ६ करोड २६ लाख ९९ हजार २६१ रुपैयाँ ५१ पैसा अग्रीम भुक्तानी गरेको उल्लेख छ जसमध्ये विद्यालयहरुका लागि ब्रोडब्याण्डमा १ करोड ४० लाख ५१ हजार ६६५ रुपैयाँ ५१ पैसा तिरेको छ भने स्थानीय तहहरुलाई पहिलो चरणमा ४ करोड ८६ लाख ४७ हजार ५९६ रुपैयाँ भुक्तानी गरेको छ।

प्रकाशित: १३ श्रावण २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार