इन्स्टाग्रामलाई टिकटक नबन्न किम कार्दशियन र काइली जेनरको सुझाब

  • Technology Khabar | १२ श्रावण २०७९, बिहीबार
इन्स्टाग्रामलाई टिकटक नबन्न किम कार्दशियन र काइली जेनरको सुझाब

काठमाडौं ।

रियालिटी टिभी स्टार किम कार्दशियन र काइली जेनरले इन्स्टाग्रामलाई टिकटक नबन्न सुझाब दिएका छन्।

इन्स्टाग्राममा साना भिडियो राख्दै टिकटक जस्तो नबनी “इन्स्ट्राग्रामलाई फेरी इन्स्टाग्राम बनाउन” सुझाब दिएको बीबीसीले जनाएको छ।

कार्दशियन र जेनरले मेटा–स्वामित्वको प्लेटफर्म इन्स्ट्राग्राममा आफ्नो  व्यक्तिगत पोष्टहरूबाट आफ्नै छोटो भिडियो राख्दै आलोचना गरेका हुन्।

इन्स्टाग्राम फोटो र टिकटक भिडियोले चर्चामा आइरहेका बेला उनिहरुको सुझाबसँगै आलोचनाले इन्स्ट्राग्रामलाई चोरको समेत आरोप लागेको छ।

इन्स्टाग्रामका प्रमुख एडम मोसेरीले प्लेटफर्ममा कार्दशियन र जेनरको आगमनले एकैचोटि धेरै परिवर्तनहरू भएको जनाएका छन्।

उनले दर्शकहरूलाई आश्वस्त गर्दै फोटोहरू “हाम्रो सम्पदाको अंश”को रूपमा इन्स्टाग्राममा रहेकाले समयसँगै भिडियो राख्न थाल्दा कार्दशियन र जेनरले पनि भिडियोद्वारा आफ्ना कुरा राख्नुले आफू खुसी भएको संकेत गरे।

रियालिटी टिभी स्टार कार्दशियनको ३६० मिलियन फ्लोरहरु छन्। केही समय अघि टिकटक र ट्युटरबाट उनि चर्चामा आएकी थिइन्।

एउटा सामाजिक सञ्जालमा रहँदा अर्कोको विरोधमा उत्रन तयार हुने रियालिटी टिभी स्टारले यसपाली पनि चर्चामा रहन भिडियोसँग विरोधाभास शब्दको प्रयोग गरेको आरोप समेत लागेको छ।

प्रकाशित: १२ श्रावण २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार