
काठमाडौं ।
प्रतिनिधि सभाको विकास समितिका सदस्यहरुले टेलिफोन सेवा निःशुल्क उपलब्ध गराउन माग गरेका छन्।
बिहीबार समितिमा आयोजित नेपाल टेलिकम सेवा गुणस्तर सम्बन्धी छलफलमा सांसदहरुले सबैका लागि टेलिफोन सेवा निःशुल्क बनाउन माग गरेका हुन्।
‘विश्वका धेरै देशमा टेलिफोन सेवा प्रयोग गर्न पैसा लाग्दैन। नेपालमा पनि टेलिफोन सेवा निःशुल्क हुने व्यवस्था गर्नुपर्छ,’ सांसद रामबहादुर विष्टले बताए।
प्रकाशित: १२ श्रावण २०७९, बिहीबार