सञ्चार मन्त्री १५ रुपैयाँमा दिनभर फोनमा कुराकानी गर्छन्

  • Technology Khabar | १२ श्रावण २०७९, बिहीबार
सञ्चार मन्त्री १५ रुपैयाँमा दिनभर फोनमा कुराकानी गर्छन्
फाइल तस्बिर

काठमाडौं ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आफूले दैनिक १५ रुपैयाँ खर्च गरेर फोनमा कुराकानी गर्ने बताएका छन्। बिहीबार प्रतिनिधि सभाको विकास समितिमा नेपाल टेलिकम सेवा गुणस्तर सम्बन्धी छलफलमा मन्त्री कार्कीले सो बताएका हुन्।

मन्त्रीले कार्कीले नेपाल टेलिकमले उपलब्ध गराउँदै आएको भ्वाइस प्याकबाट सेवा लिने गरेको बताएका हुन्।

‘बिहान उठ्ने वित्तिकै एनटीसीको डे भ्वाइस प्याक लिने गरेको छ,’ कार्कीले भने, ‘उक्त प्याकबाट बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म एनटीमा अनलिमिटेड कुराकानी गर्न पाइन्छ।’

प्याक लिएर फोन गर्दा तुलनात्मक रुपमा सस्तो दरमा कुराकानी गर्न सकिन्छ।

नेपाल टेलिकमले ग्राहकहरुको सुविधिका लागि विभिन्न प्याकहरु उपलब्ध गराउँदै आएको छ। ग्राहकहरुले स्टार१४१५ह्यास डायर गरेर आफ्नो आवश्यकता अनुसारको प्याक खरिद गर्न सक्छन्।

प्रकाशित: १२ श्रावण २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...