
काठमाडौं ।
फक्सवागनले अमेरिकामा अल इलेक्ट्रिक आईडी.४ क्रसओभर एसयूभी उत्पादन शुरु गरेको छ। सवारी निर्माताले यस विषयको जानकारी मंगबार दिएको इनग्याजेडले उल्लेख गरेको छ।
कम्पनीले आफ्नो चट्टानूगा, टेनेसी प्लान्टमा आईडी.४को उत्पादन २०२२को अन्त्यसम्म प्रति महिना ७००० सवारी साधन र २०२३ मा उत्पादन बढाउने योजना बनाएको छ।
फक्सवागनलका अनुसार ग्राहकले ८२ किलोवाट आवर मोडलको रियर र अल ह्वलि ड्राइभ दुवै भेरियन्ट अब्टोबरसम्म डेलिभरी शुरु हुने अपेक्षा गर्न सक्नेछन्। यस वर्षको अन्त्यतिर कम्पनीले किफायती ६२ किलोवाट आवर भेरियन्टको उत्पादन पनि शुरु गर्नेछ।
गत वर्षदेखि उत्पादन शुरु गरिएको आईडी.४ हालसम्म १ लाख ९० हजार यूनिट विश्वव्यापी रुपमा डेलिभरी गरिएको कम्पनीले जानकारी दिएको छ।
चट्टानूगा प्लानलाई विद्युतीकरण गर्न कम्पनीले ८०० मिलियन अमेरिकी डलर लगानी गरेको छ। मंगलबार घोषणा गरिएको प्लानसहित फक्सवागनले विश्वभरका ६ वटा स्थानबाट विद्युतीय सवारी साधन उत्पादन गरिरहेको छ।
गत मार्चमा कम्पनीले उक्त अमेरिकी ईभी उत्पादन क्षमता बढाउन आगामी ५ वर्षमा ७.१ बिलियन अमेरिकी डलर लगानी गर्ने बताएको थियो। कम्पनीले सन् २०३० सम्म अमेरिकामा आफ्नो बिक्रीको करिब ५५ प्रतिशत विद्युतीय सवारीका लागि योजना बनाएको छ।
प्रकाशित: १२ श्रावण २०७९, बिहीबार