एनसेलले सरकारलाई बुझायो २ खर्ब ६३ अर्ब कर

  • Technology Khabar | ११ श्रावण २०७९, बुधबार
एनसेलले सरकारलाई बुझायो २ खर्ब ६३ अर्ब कर
एनसेल आजियाटा लिमिटेडको लैनचौरमा रहेको मुख्य कार्यालय । फाइल तस्बिर

काठमाडौं ।

एसेल आजियाटा लिमिटेडले नेपाल सरकारलाई २ खर्ब ६३ अर्ब रुपैयाँ बराबरको कर तथा शुल्कहरु  बुझाएको छ। कम्पनीले नेपालमा सेवा शुरु गरेको अवधिदेखि उक्त रकम बराबरको बराबरको कर तथा शुल्कहरु बुझाएको हो।

सन् २००४ मा स्थापना भएको एनसेलले २००५ देखि मेरो मोबाइल ब्राण्डमा सेवा शुरु गरेको थियो।

कम्पनीको सञ्चालन खर्च १३ अर्ब ६१ करोड रुपैयाँ र लगानी पुँजी ६ अर्ब ३ करोड रुपैयाँ रहेको छ। आर्थिक वर्ष २०२०/११ मा कम्पनीले २१ अर्ब ७५ करोड रुपैयाँ कर बुझाएको छ। सरकारको राजश्वको करिब साढे २ प्रतिशत हो।

आर्थिक वर्ष २०७७/७८ मा नेपालको अर्थतन्त्रमा कुल अनुमानित ५२ अर्ब ३७ करोड रुपैयाँ योगदान सहित एनसेलले कुल ग्राहस्थ उत्पादनमा १.४ प्रतिशत योग्दान पुर्याएको छ।

प्रकाशित: ११ श्रावण २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार