भारतमा फाइभजी स्पेक्ट्रम लिलामीः पहिलो दिन १.४५ लाख करोड भारुको बोली

  • Technology Khabar | ११ श्रावण २०७९, बुधबार
भारतमा फाइभजी स्पेक्ट्रम लिलामीः पहिलो दिन १.४५ लाख करोड भारुको बोली

काठमाडौं ।

भारतमा मंगलबार पहिलो पटक फाइभजी स्पेक्ट्रमको लिलामी शुरु भएको छ। उक्त लिलामी अबेर रातीसम्म चलेको जागरणले उल्लेख गरेको छ।

दूरसञ्चार कम्पनीहरुले १.४५ लाख करोड भारुसम्मको बोली लगाएका छन्। भारत सरकारले ७२ गिगाहर्ज स्पेक्ट्रमको लिलामी गरिरहेको छ। यो प्रक्रिया बुधबार पुरा हुने अपेक्षा गरिएको छ।

केन्द्रीय दूरसञ्चार मन्त्री अश्वनी वैष्णवका अनुसार पहिलो दिन चार चरणमा लिलामी प्रक्रिया पुरा भएको छ। १५ अगष्ट २०२२ सम्म स्पेक्ट्रम वितरण प्रक्रिया पुरा हुनेछ र सेक्टेम्बर-अक्टुबर, २०२२ सम्म भारतको केही हिस्सामा फाइभजी सेवा शुरु हुने उनले बताए।

लिलामी प्रक्रियामा चार कम्पनी रिलायन्स जियो, भारती एयरटेल भोडाफोन र अदाणी समूहको सहभागिता छ। यी चार कम्पनीले पहिले नै डीओटीमा २१,८०० करोड भारु जम्मा गरिसकेका छन्।

बुधबार पाँचौं चरणको बोली लगाइने छ। लिलामी प्रक्रिया पुरा भएसँगै सहभागी कम्पनीहरु माझ स्पेक्ट्रम बाँडफाँड गरिनेछ। त्यस पछि कम्पनीहरुले आफ्नो नेटवर्क विस्तार गरेर फाइभजी सेवा शुरु गर्नेछन्।

प्रकाशित: ११ श्रावण २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार