
काठमाडौं ।
प्रभु क्यापिटलले आफ्ना हितग्राही सदस्यका लागि क्यासटिभल अफर ल्याएको छ क्यापिटलले साउन महिनादेखि शुरु भएको चाडपर्वलाई लक्षित गर्दै अफर ल्याएको जनाएको छ।
यो योजना साउन महिनादेखि कार्तिक महिनाको छठ पर्व सम्म सञ्चालन हुनेछ। यस क्यासटिभल अफर अन्तर्गत प्रभु क्यापिटलको मोबाइल एप डाउनलोड गर्ने हितग्राहीले एक लाख रुपैयाँसम्म जित्नसक्ने कम्पनीले जनाएको छ।
योजनामा सहभागी हुन ग्राहकले आफ्नो मोबाईलमा प्रभु क्यापिटलको प्रभु क्यापिटल डिजिटल एप डाउनलोड गर्नुपर्नेछ र सो मा रजिष्टर गरी आफ्नो डिम्याट खाता लिंक गर्नुपर्नेछ।
कम्पनीकाअनुसार यस अफरमा मासिक रुपमा ३ जना बिजेताले ५ हजार, ३ हजार र २ हजार जित्न सक्नेछन् भने बम्पर योजनामा सम्पूर्ण सहभागीहरु मध्ये एक जनाले एक लाख रुपैयाँ जित्न सक्नेछन्।
यो योजना हालसम्म एप डाउनलोड गरेको हितग्राहीको हकमा समेत लागू हुने कम्पनीले जनाएको छ।
प्रकाशित: ११ श्रावण २०७९, बुधबार