
काठमाडौं ।
सामसङले आफ्नो नयाँ इन्ट्री लेभल स्मार्टफोन सार्वजनिक गर्ने तयार अघि बढाएको छ। सामसङको नयाँ स्मार्टफोनको नाम सामसङ ग्यालेक्सी ए०४एस रहेको छ।
मिडिया रिपोर्टका अनुसार सामसङले उक्त नयाँ स्मार्टफोनको उत्पादन भारतमा शुरु गरेको छ।
सामसङ ग्यालेक्सी ए०४एस फोरजी र फाइभजी दुवै भर्सनमा उपलब्ध हुनेछ। भारत स्थित उत्तर प्रदेशको नोएडा प्लान्टमा स्मार्टफोन उत्पादन भइरहेको छ। कम्पनीले सामसङ ग्यालेक्सी ए०४एस लाई सेक्टेम्बरको अन्तिम वा अक्टुबरको शुरुवातमा सार्वजनिक गर्ने सम्भावना रहेको गिज्मोचाइनाले उल्लेख गरेको छ।
रिपोर्ट अनुसार फोनमा एक्सवाईनोस ८५० ओक्टा कोर प्रोसेसर हुनेछ। फोनमा ६.५ इन्चको स्क्रिनमा आईपीएस डिस्प्ले पाउन सकिन्छ। फोनले ७२० वाई १६०० पिक्सल एचडी प्लस रिजोल्यूसन प्रदान गर्छ।
फोनको ब्याकमा ट्रिप्पल क्यामरा सेटअप छ। जसमा १३ मेगापिक्सलको मुख्य रियर वाइड एंगल क्यामरा, २ मेगापिक्सल म्याक्रो र २ मेगापिक्सलको डेप्थ क्यामरा फ्ल्यास लाइटका साथ उपलब्ध छ। सेल्फी र भिडियो कलका लागि ५ मेगापिक्सलको फ्रन्ट क्यामरा दिइएको छ।
फोन ३ जीबी र्याम र ३२ जीबी स्टोरेजमा आउने छ। फोन एन्ड्रोइड ११ वा एन्ड्रोइड १२ अपरेटिङ सिस्टममा उपलब्ध हुनेछ। ५००० एमएएच ब्याट्रीले १८ वाटको फास्ट चार्जिङ सपोर्ट गर्छ।
प्रकाशित: १० श्रावण २०७९, मंगलवार