
काठमाडौं ।
बलिउडका सुपरस्टार दम्पत्ति कट्रिना कैफ र विक्की कौशललाई ज्यान मार्ने धम्की आएको छ।
सामाजिक सञ्जाल ट्युटर र इन्स्ट्राग्राममा अपशब्दको कमेन्ट र पैसा मागसँगै ज्यान मार्ने धम्की बढेपछि सुरक्षाको माग गर्दै प्रहरीमा निवेदन दिएको एएनआई न्यूजले जनाएको छ।
धम्की विरुद्धको निवेदनलाई मुद्दा दर्ता गरी अनुसन्धान पनि सुरु गरिएको प्रहरीले सञ्चारकर्मीलाई जनाएको छ।
प्रहरीका अनुसार विक्की कौशलले उजुरी दर्ता गरेकोले अज्ञात अपराधीहरू विरुद्ध धम्कीको मुद्दा दर्ता भएकोे छ ।
यसअघि बडिउड अभिनेता सलमान खानलाई ज्यान मार्ने धम्की आएको थियो।
प्रकाशित: १० श्रावण २०७९, मंगलवार