आज भारतमा फाइभजी स्पेक्ट्रम लिलामी हुँदै, कस्ले मार्ला बाजी ?

  • Technology Khabar | १० श्रावण २०७९, मंगलवार
आज भारतमा फाइभजी स्पेक्ट्रम लिलामी हुँदै, कस्ले मार्ला बाजी ?

काठमाडौं ।

भारतको नेक्स्ट जेनेरेसन दूरसञ्चार सेवाको शुरुवातको लागि आज (मंगलबार) फाइभजी स्पेक्ट्रमको लिलामी शुरु हुनेछ। यसमा कुल ७२ गिगाहर्ज स्पेक्ट्रम लिलामी हुने जागरणले उल्लेख गरेको छ।

यस लिलामीबाट भारत सरकारले ४.३ लाख करोड भारु प्राप्त गर्ने अपेक्षा गरिएको छ। लिलामीमा कुल ४ कम्पनीले भाग लिनेछन्।

कम्तिमा भारु. ४.३ लाख करोड मूल्यको कुल ७२,०९७.८५ मेगाहर्ज स्पेक्ट्रम जुलाई २६ मा सुरु हुने सेट लिलामीको समयमा ब्लकमा राखिनेछ।

विभिन्न लो ब्याण्ड (६०० मेगाहर्ज, ७०० मेगाहर्ज, ८०० मेगाहर्ज, ९०० मेगाहर्ज, १८०० मेगाहर्ज, २१०० मेगाहर्ज, २३०० मेगाहर्ज), मिडियम ब्याण्ड (३३०० मेगाहर्ज), र हाई ब्याण्ड (२६ गीगाहर्ज) फ्रिक्वेन्सी ब्यान्डमा स्पेक्ट्रमका लागि लिलामी हुनेछ।

जसमा रिलायन्स जियो, भारतीय एयरटेल, भोडाफोन आइडिया र अडाणी समूहको अडाणी डाटा नेटवर्क्‍स लिमिटेड रहेका छन्। विशेषगरी भारतीय बिजनेस टाइकुनहरु अडानी र रिलायन्सबिचको पहिलो व्यवसायीक प्रतिस्पर्धा हुने हुँदा यसलाई रोचकरुपमा हेरिएको छ।

भारतीय व्यवसायीक घराना अडानी समूह यहि स्पेक्ट्रम लिलामीमार्फत पहिलो पटक टेलिकम क्षेत्रमा प्रवेश गर्न लागेको हो।

भारतमा अगष्टको अन्त्यसम्म फाइभजी सेवा शुरु हुने विश्वास व्यक्त गरिएको छ।

भारतमा फाइभजी सेवा दिल्ली, लखनऊ, चन्डीगढ, गुरुग्राम, अहमदाबाद, कोलकाता, जामनगर, गान्धीनगर, हैदराबाद, मुम्बई, बैंगलोर र चेन्नईमा शुरु हुनेछ।

प्रकाशित: १० श्रावण २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार