अप्रुभको लागि ‘नेपाल ई-पासपोर्ट’ एपमा अनलाईन फारम भर्नै कठिन

  • Technology Khabar | १० श्रावण २०७९, मंगलवार
अप्रुभको लागि ‘नेपाल ई-पासपोर्ट’ एपमा अनलाईन फारम भर्नै कठिन

काठमाडौं ।

राहदानीका लागि पेश गरेको आवेदन फारम अप्रुभ भए नभएको, राहदानी प्रिन्ट भए नभएको लगायका जानकारी हेर्न सकिने ‘नेपाल ई–पासपोर्ट’ एप तयार भएको छ। यद्यपी ई–पासपोर्टका लागि अनलाईन फारम भर्न कठिनाई परेको सर्वसाधारणले जनाएका छन्।

राहदानी विभागका सूचना अधिकारी डा. डमरु बल्लभ पौडेलले टेक्नोलोजीखबरलाई दिएको जानकारी अनुसार सम्बन्धित अधिकारीहरूले आफूसँग पर्याप्त जनशक्ति नभएकाले सक्ने जति मात्रै सेवा दिएको स्वीकार गरेका छन्।

‘नेपाल ई–पासपोर्ट’ एपले प्रकृयाको परिणाममा सहयोग गर्ने भएपनि, राहदानी बनाउने फारम भर्दा सःशुल्क मध्यस्तकर्ताको भर पर्नुपर्ने भएकाले सर्वसाधारणलाई त्रास भएको हो।

जिल्ला प्रशासन अगाडी, पासपोर्ट निर्माण स्थल अगाडी, रोजगार विभाग अगाडी लगायत विभिन्न स्थानमा ल्यापटप र कम्प्युटर राखेर बसेका मध्यस्तकर्ताको रोजगारी बढेपनि सरकारी कर्मचारीहरु प्रविधिमा कमजोर भएकाले पनि समस्या भएको हुनसक्ने रोजगार विभागका सूचना अधिकारी डा. पौडेलले अप्रत्यक्ष स्वीकारेका छन्।

सेवाग्राहीको ठूलो सङ्ख्या काठमाडौंमा केन्द्रित हुँदा काठमाडौं उपत्यकामा चाप देखिएको राहदानी विभागका प्रवक्ता शरदराज अरनको भनाई छ। उनले भने, “जिल्लाहरूमा त्यस्तो छैन, कतिपय जिल्लामा तोकिएका कोटा नपुगेको अवस्था समेत छ।”

प्रकाशित: १० श्रावण २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

साइबर अपराधबाट बालबालिका बढी पीडित

  • Technology Khabar
  • १० श्रावण २०७९, मंगलवार