
काठमाडौं ।
अमेरिकाका राष्ट्रपति जो बाइडनले चिप्स उत्पादक कम्पनीलाई सहयोग गर्ने जनाएका छन्। गए राती लकहिन मार्टिक कर्पोरेसनका प्रमुख कार्यकारी अधिकृत मार्टिन कोर्पलाई भेटेर युएस चिप्स उत्पादन बढाउनका लागि सहज वातावरण बनाएर सहयोग गर्ने दाबी गरको रोयर्टसले जनाएको छ।
कुनै कानुन नियमले उत्पादनमा अवरोध भए प्रष्टता देखाउन कम्पनीलाई उनले आग्रह समेत गरे।
अमेरिकी प्राविधिक उत्पादन बढाउदै साइबर क्राइमबाट बच्न सहयोग पनि गर्ने र निर्यात गर्दा देशको राजस्वमा बढावा हुने भएकाले कानुनी बाधा भए, हटाउनका लागि तयार रहेको अमेरिकी राष्ट्रपति बाइडनको दाबी छ।
अमेरिकाको ४६ औँ राष्ट्रपति जो बाइडन आर्थिक विकाससँगै राष्ट्र सुरक्षाको लागि केन्द्रीत रहेका छन्।
रोयटर्सका अनुसार लकहिन मार्टिक कर्पोरेसन सुरक्षा र एयरोप्सेस उत्पादन गर्ने विश्वभर चर्चित कम्पनी हो। जसले सैन्य विमानहरुको अनुसन्धान, योजना, विकास निर्माण र स्तरवृद्धिमा समर्थनका साथै सम्लग्न रहेको छ।
प्रकाशित: १० श्रावण २०७९, मंगलवार