कल सेन्टरबाट चिनियाँ, भारतीय र नेपाली ३६ जना पक्राउ

  • Technology Khabar | १० श्रावण २०७९, मंगलवार
कल सेन्टरबाट चिनियाँ, भारतीय र नेपाली ३६ जना पक्राउ
सांकेतिक तस्बिर।

काठमाडौं ।

प्रहरीले कल सेन्टरमा छापा मारेर चिनियाँ, भारतीय र नेपाली नागरिकलाई पक्राउ गरेको छ। काठमाडौँको तीनकुनेस्थित स्काई वर्ल्ड सर्भिस सेन्टर नामक कल सेन्टरमा प्रहरीले छापा मारी ३६ जनालाई पक्राउ गरेको हो।

सेन्टरमा अवैध तवरले कामदारहरू राखी विभिन्न प्रकारका प्रविधिमार्फत धम्की दिई रकम मोल मोलाई गर्ने तथा समाजमा उच्छृङ्खल गतिविधि गरेको अभियोगमा १ जना चिनियाँ नागरिक, २ जना भारतीय नागरिक र ३३ जना नेपाली नागरिक सहित ३६ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको जानकारी दिएको छ।

पक्राउ पर्नेमा कल सेन्टरका व्यवस्थापन प्रमुख चिनियाँ नागरिक ४३ वर्षीया हु युहुवा, भारतीय नागरिक २६ वर्षीय मनोज सैनी, १९ वर्षीया नेहा गुप्ता रहेका छन्। त्यसबाहेक नेपाली ५ जना महिलासहित २८ पुरुष गरी कुल ३६ जना छन्।

जिल्ला प्रहरी परिसर काठमाडौं, नगर प्रहरी कार्यालय, प्रहरी वृत्तहरू समेतबाट खटिएको प्रहरीले उक्त ठाउँमा अवैध तवरले कामदारहरू राखी सूचनाका विभिन्न प्रकारका प्रविधिमार्फत धाक, धम्की दिई, ब्यक्तिगत गोपनीयता ह्याकिङ गरी रकमको मोल मोलाई गर्ने र समाजमा उच्छृङ्खल गतिविधि गरिरहेको अवस्थामा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

उक्त सेन्टरबाट नगद ८ लाख २९ हजार रुपैयाँ, ३ सय ६२ थान ल्यापटप, ७ सय ४८ थान कम्युटर र १ थान डिभिआर समेत प्रहरीले बरामद गरेको छ ।

उनीहरू उपर प्रहरीबाट थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रकाशित: १० श्रावण २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार