
काठमाडौं ।
भिडियो कन्फ्रेन्सिङ एप गुगल मिटमा गरिएको मिटिङ युट्बबाट लाइभ स्ट्रिमिङ गर्न सकिने भएको छ। गुगल मिटमा थप गरिएको नयाँ फिचरको माध्यमबाट मिटमा हुने कन्फेन्स युट्युबबाट लाइभ स्ट्रिमिङ गर्न सकिने भएको हो।
यो फिचर रोल आउट हुनु अघिसम्म प्रयोगकर्ताहरुले गुगल मिटमा हुने कन्फ्रेन्सलाई रेकर्ड गरेर युट्युबमा राख्ने गरेका थिए।
नयाँ फिचरको माध्यमबाट गुगल मिटको सेसनलाई युट्युमा सिधै लाइभ स्ट्रिमिङ गर्न सकिन्छ। यो फिचर अहिलेसम्म कम्पनीले रोल आउट गरि नसकेको जागरणले उल्लेख गरेको छ।
फिचरको प्रयोग कसरी गर्ने
गुगलका अनुसार गुगल मिटको एडमिनले मिटिङलाई युट्युबमा लाइभ स्ट्रिमिङ गर्ने विकल्प प्राप्त गर्नेछन्।
यस फिचरका लागि गुगल मिटको मिटिङ एक्टिभिटी प्यानलमा जानु पर्छ।
त्यहाँ लाइभ स्ट्रिमिङलाई टच वा क्लिक गर्नु पर्छ।
त्यस पछि लाइभ स्ट्रिमिङ गर्न चाहेको युट्युब च्यानल छनोट गरेर लाइभ स्ट्रिमिङ लिंक सेयर गर्नुपर्छ।
प्रकाशित: १० श्रावण २०७९, मंगलवार