काठमाडौं ।
धेरै कर्मचारी कामको समयमा ब्रेक लिएर सोसल मिडिया प्रयोग गर्छन्। सपिङ साइट सर्च गर्ने तथा नयाँ डेटिङ एप पनि प्रयोग गर्छन्। उक्त विषयलाई स्वीकार गर्न कुनै हिचकिटाहट मान्दैनन्। तर पोर्नको बारेमा भने के सोचाइ छ?
पोर्न हेर्नु निश्चित रुपमा लज्जास्पद मानिन्छ। मनोवैज्ञानिकले समेत एडल्ट कन्टेन्ट प्लेटफर्म र साइबर सुरक्षा विशेषज्ञका अनुसार कामको समयमा पोर्न हेर्नु सामान्य भइसकेको छ। अनलाइनले पोर्नको पहुँच सहज बनाइदिएको छ।
दिनको समय र कामको दौरान पोर्न हेर्ने र यसको व्यापकतामा थोरै अनुसन्धान उपलब्ध छ। तर पछिल्लो केही वर्षमा गरिएको सर्वेक्षणमा कामको समयमा पोर्न हेर्नु सामान्य भइसकेको छ।
एउटा डिजिटल लाइफस्टाइल पत्रिका ‘सुगरकुकी’ले विश्वव्यापी रुपमा कार्यालय समयमा पोर्न हेर्ने गरिएको छ कि छैन भनेर सर्वेक्षण गरेको छ। उक्त सर्वेक्षणमा सहभागी ६० प्रतिशतभन्दा धेरै मानिसले कार्यालय समयमा पोर्न हेर्ने गरेको बताएका छन्।
सन् २०२० मा सुरक्षा फर्म कास्परस्काईले गरेको सर्वेक्षणअनुसार अफिसले काम गर्नका लागि उपलब्ध गराएको कम्प्युटर तथा मोबाइल फोनमा एडल्ट कन्टेन्ट हेर्न संकोच नमानिने देखिएको छ।
संसारको सबैभन्दा ठूलो पोर्न साइट ‘पोर्नहब’ले गत वर्ष गरेको विश्वव्यापी अनुसन्धानले पनि मानिसहरु कामको समयमा पोर्न साइट हेर्ने गरेको पुष्टि हुन्छ।
रिपोर्टका अनुसार पोर्न हेर्ने उच्च समय रातीको १० बजेदेखि १ बजेको बीचमा रहेको छ। दोस्रो नम्बरमा साँझको ४ बजेको समय रहेको छ। ४ बजे कार्यालय समाप्तिको चरणमा रहेको हुन्छ।
दिनमा पोर्न हेर्नुसँगको सम्बन्ध कार्यालयबाट पर अर्थात घरबाट काम गर्ने व्यवस्थाका कारण हुन सक्ने विश्वास व्यक्त गरेका छन्। कोरोना महामारीको समयमा घरबाट काम गर्ने चलन लोकप्रिय बनेको थियो।
किन हेरिन्छ पोर्न
पोर्नहबको रिपोर्ट अनुसार कोरोना महामारी पछि कार्यालय समयममै दिउँसो पोर्न हेर्नेको संख्या वृद्धि भएको छ।
कहिले काँही मानिस कामको समयमा पोर्न हेर्दा पक्राउ पनि पर्ने गरेका छन्। बेलायतका सांसद नील पारिस संसदमा आफ्नो फोनमा पोर्न हेर्दैगर्दा भेटिएका थिए र उक्त कारणले उनी यस वर्षको अप्रिलमा राजीनामा दिन बाध्य भएका थिए।
स्वीडेनका एक जेल गार्डले ड्युटीको समयमा पोर्न हेर्दा जागिर गुमाएका थिए। अस्ट्रेलियन एयरलाइन इन्जिनियरले कम्पनीबाट प्राप्त ट्याबलेटमा पोर्न साइट हेर्दा जागिरबाट निकालिएको थियो।
कर्मचारीले पोर्न किन हेर्छन्
मानिसहरु दिक्क हुँदा वा अन्य तनावबाट मुक्ति पाउनका लागि पोर्न हेर्ने गरेको पाइएको मनोवैज्ञानिक अनुसन्धानबाट पता लागेको छ।
एडल्ट कन्टेन्ट नयाँ नयाँ अनुभवको आनन्द लिन पनि हेर्ने गरिन्छ। यस्तो अनुभव जो एक सामान्य व्यक्ति (पोर्न हेर्ने व्यक्ति) आफ्नो सेक्स लाइफबाट प्राप्त गर्दैनन्।
उक्त प्रकारको सामाग्री हेरेर मानिसले यौन सुख प्राप्त गर्छन्।
बीबीसीको सहयोगमा
प्रकाशित: १० श्रावण २०७९, मंगलवार