एफवानसफ्ट ग्रुपको प्रमुख सञ्चालन अधिकृतमा सोहम ढकाल नियुक्त

  • Technology Khabar | ९ श्रावण २०७९, सोमबार
एफवानसफ्ट ग्रुपको प्रमुख सञ्चालन अधिकृतमा सोहम ढकाल नियुक्त

काठमाडौं ।

एफवान सफ्ट ग्रुपको प्रमुख सञ्चालन अधिकृतमा सोहम ढकाल नियुक्त भएका छन्। उनलाई एफवान ग्रुपको सञ्चालक समितिको बैठकले नियुक्त गरेको हो।

कम्पनीकाअनुसार सोहम ढकाल यस अघि एक उद्यमीका रुपमा चर्चित व्यक्तित्व हुन्। उनीसँग २४ वर्ष भन्दा बढि सफल उद्यमीको रुपमा अनुभव छ ।

ढकालले अमेरिकाको ओराकल सर्नर कर्पोरेशनबाट आफ्नो करियर सुरु गरेका थिए । नेपाल फर्केपछि उनी एक सफल उद्यमी बन्न सफल भएको कम्पनीले उल्लेख गरेको छ।

उनले साना किसान सहकारीलाई सफ्टवेयर उपलब्ध गराउनेदेखि विभिन्न किसिमका सफ्टवेयर निर्माण गरे। उनी यसअघि भायनेटको प्रमुख सञ्चालन अधिकृतको रुपमा समेत कार्यरत रहेका थिए। उनले कम्प्युटर विज्ञान र गणितमा स्नातक गरेका छन्।

एफवान सफ्टमा आवद्ध भएसँगै उनले कम्पनीलाई थप उचाइमा पुर्याउने अपेक्षा गरिएको जारी विज्ञप्तीमा उल्लेख छ।

प्रकाशित: ९ श्रावण २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार