
काठमाडौं ।
उद्योग तथा व्यापार स्थापना लागि निजी क्षेत्रसँग मिलेर काम गर्न इच्छुक रहेको उद्योगमन्त्री डिलेन्द्रप्रसाद बडुले जनाएका छन्।
उद्योगमन्त्रालय र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा ललितपुरमा आयोजित “उद्योग, व्यापारको शुरुवाती अभियान” कार्यक्रममा उनले उद्योग, व्यापारका लागि आवश्यक सहज नीतिसँगै सबै क्षेत्रमा व्यापार प्रबद्र्धनका लागि निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न तयार रहेको दाबी गरेका हुन्।
पम, अन्तरप्रेरणा र इसिमोडको सहआयोजना रहेको कार्यक्रममा उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले आर्थिक विकासका लागि नेपालका सबै जिल्लामा महासंघको सहभागिता रहेको जानकारी दिए।
उनले व्यापार व्यवसायमा लाग्न खोज्ने मुलुकभित्र नविनतम सोच भएका नवप्रवर्तक स्टार्टअपलाई सम्भावित लगानीकर्ता जुटाई दिने उद्देश्य अनुरूप महासंघले कार्यक्रम शुरु गरेकाले स्टार्ट अप एण्ड इनोभेसन समितिल सहजीकरण गर्ने उल्लेख गरे।
कार्यक्रममा पमका क्षेत्रिय संयोजक सीस स्च्योनमार्कस र इसिमोडका क्षेत्रिय कार्यक्रम व्यवस्थापक नन्द किशोर अग्रवालले आर्थिक विकासमा पर्यावरण र लगानीको सुरक्षामा जोड दिनुपर्ने बताए। कार्यक्रममा व्यापार, उद्योगको शुरुवाती अभियानका बारेमा विभिन्न क्षेत्रका विभिन्न व्यक्तिहरुले कार्यपत्र प्रस्तुत गरेका थिए।
प्रकाशित: ९ श्रावण २०७९, सोमबार