स्कुल टु ट्रयाक कार्टिङ कम्पिटिसन सम्पन्न

  • Technology Khabar | ९ श्रावण २०७९, सोमबार
स्कुल टु ट्रयाक कार्टिङ कम्पिटिसन सम्पन्न

काठमाडौं ।

नेपाल अटोमोवाइल्स एसोसिएसन (नासा नेपाल) र काठमाडौं इन्जिनीयरिङ कलेजको संयुक्त रुपमा नेपालमै पहिलो पटक आयोजना भइरहेको फर्मुलावान इन स्कुल कार्यक्रम अन्तर्गत स्कुल टु ट्रयाक कार्टिङ कम्पिटिसन सम्पन्न भएको छ।

शनिबार अबेर हिमालयन मोटरल्याण्ड, धुलिखेलमा सम्पन्न कार्ट्स रेसिङ कम्पिटिसनमा कोर्निभा महर्जन विजयी भएकी छिन्। बेस्ट ल्याप समय अनुसार विजयी निर्धारण गरिएको सो प्रतियोगितामा कोर्निभाले २४.२३ सेकेन्डमा ल्याप पुरा गरिन्।

दोश्रो स्थानहासील गरेकी सुजाता शर्माले २५.०६ सेकेन्ड लगाएकी थिइन् भने २५.३४ सेकेन्ड लगाएर प्रशंसा सिग्देल तेश्रो भइन् । विजयी तीनै जना न्याथमको तर्फबाट कम्पिटिसनमा भाग लिएका थिए।

प्रतियोगितामा थापाथली क्याम्पस, काठमाडौं इन्जिनीयरिङ कलेज, कसमस कलेज र न्याथमका ३५ जना विद्यार्थी छात्रा प्रतिस्पर्धीको उत्साहजनक सहभागीता रहेको फर्मुलावानइन स्कूल्स नेपालका कोर्डिनेटर, सुयोग खनालले बताएका छन्।

प्रतियोगिताको शुरुवातमा एफआइए वल्र्ड काउन्सील मेम्बर गोविन्द भट्टराई, नासा नेपालका उपाध्यक्ष सिताराम न्यौपाने र सुयोग खनालले व्यक्तित्व विकास, मोटर स्पोर्टस्, कार्टिङ र फर्मुलावानको बारेमा अभिमुखीकरण तथा तालिम प्रदान गरेका थिए।

प्रकाशित: ९ श्रावण २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार