
काठमाडौं ।
राहदानी विभागले ‘नेपाल ई-पासपोर्ट’ नामक मोबाइल एप सूचारु गरेको छ।
राहदानीका लागि पेश गरेको आवेदन फारम स्वीकृति भए नभएको, राहदानी प्रिन्ट भए नभएको लगायका जानकारी हेर्न सकिने विभागका सूचना अधिकारी डा.डमरु बल्लभ पौडेलले टेक्नोलोजीखबरडटकमलाई जानकारी दिए।
सेवाग्राहीको सुविधाको लागि विभागले एन्ड्रोइड र आईओएस दुवै भर्सनमा एप सार्वजनिक गरेको हो।
प्रकाशित: ९ श्रावण २०७९, सोमबार