भिभो वाई३० फाइभजी सार्वजनिक

  • Technology Khabar | ९ श्रावण २०७९, सोमबार

काठमाडौं ।

भिभो वाई३० फाइभजी थाइल्याण्डमा सार्वजनिक भएको छ। यो कम्पनीको किफायती फाइभजी स्मार्टफोन हो। यसमा डाइमेन्सिटी ७०० चिपसेट, ५००० एमएएच ब्याट्री र ५० मेगापिक्सलको डुअल रियर क्यामरा छ।

भिभो वाई३० फाइभजीमा ६.५१ इन्चको आईपीएस एलसीडी डिस्प्ले छ। जसले ७२० वाई १६०० पिक्सल एचडी प्लस रिजोल्युसन र २०ः९ अस्पेक्ट रेसियो प्रदान गर्छ। फोनमा वाटरड्रप नच डिस्प्ले र थिक बटम बेजेल छ। स्क्रिन टु बडी रेसियो ८९ प्रतिशत रहेको कम्पनीको दाबी छ। फिङगरप्रिन्ट स्क्यानर डिभाइसको पावर बटनमा इम्बेड गरिएको छ। ह्यान्डसेटले फेस अनलक पनि सपोर्ट गर्छ।

भिभो वाई३० फाइभजीमा डाइमेन्सिटी ७०० चिपसेट छ। यसमा ६ जीबी र्याम जसलाई २ जीबीसम्म बढाउन सकिन्छ। १२८ जीबी स्टोरेज छ जसलाई माइक्रोएसडी कार्डको सहयोगबाट क्षमता बढाउन सकिन्छ। यो डिभाइस एन्ड्रोइड १२ औएसमा फनटच ओएस १२ यूआईमा सञ्चालन हुन्छ। ५००० एमएएच ब्याट्रीले १० वाट फास्ट चार्जिङ सपोर्ट गर्छ।

फोनमा सेल्फी र भिडियो कलका लागि ८ मेगापिक्सलको क्यामरा दिइएको छ। डिभाइसको ब्याक प्यानलमा एफ १.८ एपर्चरका साथ ५० मेगापिक्सको मुख्य क्यामरा, २ मेगापिक्सल म्याक्रो क्यामरा र एलईडी फ्ल्यास दिइएको छ। फोनमा कनेक्टिभिटी फिचरको रुपमा डुअल सिम, फाइभजी, वाईफाई ८०२.११ एसी, ब्लुटुथ ५.१, यूएसबी सी पोर्ट र ३.५एमएम अडियो ज्याक छ। यसको मोटाई ८.२५ एमएम र तौल १९३ ग्राम छ।

दुई कलर अप्सन स्टारलाइट ब्ल्याक र रेनबो फ्यानटासी उपलब्ध फोनको मूल्य २३७ अमेरिकी डलर तोकिएको गिज्मोचाइनाले उल्लेख गरेको छ।

प्रकाशित: ९ श्रावण २०७९, सोमबार

तपाइको प्रतिक्रिया