‘नोट्स’को यूजर आईडी लिन नेप्सेको सूचीकृत कम्पनीहरुलाई निर्देशन

  • Technology Khabar | ८ श्रावण २०७९, आईतवार
‘नोट्स’को यूजर आईडी लिन नेप्सेको सूचीकृत कम्पनीहरुलाई निर्देशन
फाइल तस्विर

काठमाडौं ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सबै किसिमका सूचनाहरु नयाँ वेबसाइटमा अपलोड गर्ने प्रणालीमा सहभागी हुनका लागि सूचीकृत कम्पनीहरुलाई निर्देशन दिएको छ।

नेप्से अनलाइन ट्रेडिङ प्रणाली (नोट्स) को लगइन र युजर आइडी लिन सम्पूर्ण सूचीकृत संगठित संस्थाहरुलाई आधिकारिक इमेल आइडी पठाउन नेप्सेले भनेको हो।

नेप्सेले पुरानो वेबसाइट मर्मत गर्नका लागि र नयाँ वेबसाइटमा सूचना तथा जानकारी अपलोड गर्ने कार्यका लागि यस्तो आग्रह गरेको हो।

नयाँ वेबसाइट संचालनमा आइसकेको हुँदा कम्पनीको डकुमेन्टहरु अपलोड गर्नका लागि आइडि लिन १० दिनको म्याद दिइएको छ।

नयाँ साइटमा सूचीकृत कम्पनीहरुको सूचना विवरणहरु अपलोड गर्नुपर्ने भएकोले नेप्सेले ‘नट्स’ को लग इन आइडी लिनको लागि कम्पनीको इन्टरनेटको पब्लिक आइपी एड्रेस र आधिकारी इमेल उल्लेख गरी पत्रसहित नेप्सेको सूचीकरण शाखामा १० दिनभित्र सम्पर्क गर्न नेप्सेले भनेको छ।

साथै यसभन्दा अघि नोट्सको लगइन र युजर आइडी लिन नेप्सेमा पत्र पठाएका कम्पनीहरुलाई नोट्सको लगइन र युजर आइडी सूचीकरण शाखाले पठाउने नेप्सेले जनाएको छ।

प्रकाशित: ८ श्रावण २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार