भारतमा ब्रोडब्यान्ड सेवाको अग्रपंक्तिमा जियो

  • Technology Khabar | ८ श्रावण २०७९, आईतवार
भारतमा ब्रोडब्यान्ड सेवाको अग्रपंक्तिमा जियो

काठमाडौं ।

भारतीय बजारमा ब्रोडब्यान्ड सेवाको सबैभन्दा अगाडी जियो रहेको छ। यसमा ८० प्रतिशत नयाँ ग्राहक जियो फाइबर प्रयोगमा रहेका छन्। जियो ब्रोडब्यान्डले बजारको हिस्सा ५३ प्रतिशत ओगटेको अमर उजालाले जनाएको छ।

बजार र ग्राहक संख्या बढावामा अग्रस्थान लिएकाले अन्य कम्पनीलाई जियोले चकित पारेको छ। १०० मा ८० प्रतिशत बजार ओगटेको जियो फाइबरले प्रत्येक १० जना व्यक्तिमा ८ जनाले यसको प्रयोग गरेको अध्ययनबाट उल्लेख गरेको छ।

सन् २०२२ को शुरुवातमा ४५ लाखभन्दा बढी जना ग्राहकले जियो फाइबर प्रयोग गरेको दाबी कम्पनीको छ। जियो फाइबरको प्रयोगमा प्रत्येक महिना २ लाखभन्दा बढीले यसको प्रयोग गरेको अनुसन्धानबाट थाहा पाएको कम्पनीले जनाएको छ।

यसैबीच डाटा खपत गर्नेमा पनि जियो फाइबर अगाडी रहेको खुलेको छ। प्रति महिना प्रति ग्राहकले २०.८ प्रतिशत जीबी डाटा खपत गरेको जनाइएको छ। प्रत्येक ग्राहकले ७०० एमबीभन्दा धेरै इन्टरनेट डाटा जियोबाट प्रयोग गर्छन्।

शेयर बजारमा एयरटेल र आईडिया भोडाफोनभन्दा धेरै जियोको ६० प्रतिशत हिस्सा रहेको छ। जियोमार्फत फोन कलिङ सेवामा बढावा हुँदै प्रति ग्राहकले प्रतिमहिना १ हजार मिनेटभन्दा बढी प्रयोग गरेको कम्पनीले उल्लेख गरेको छ।

प्रकाशित: ८ श्रावण २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार