टी मोबाइलले ह्याकिङका लागि ३५० मिलियन अमेरिकी डलर तिर्ने

  • Technology Khabar | ८ श्रावण २०७९, आईतवार
टी मोबाइलले ह्याकिङका लागि ३५० मिलियन अमेरिकी डलर तिर्ने

काठमाडौं ।

टी मोबाइल यूएस इंकले ह्याकिङका लागि ३५० मिलियन अमेरिकी भुक्तानी गर्ने भएको छ। सुरक्षा अपग्रेडका साथै गत वर्षको साइबर आक्रमणको मुद्दा सुल्झाउन अतिरिक्त १५० मिलियन अमेरिकी डलर खर्च गर्ने भएको छ।

यसका लागि कम्पनीले अनुमानित ७६.६ मिलियन मानिसहरुसँग सम्झौता गरेको रोयर्टसले उल्लेख गरेको छ।

प्रारम्भिक सम्झौता कन्सास सिटी, मिसौरीको संघीय अदालतमा मुद्धा दायर गरिएको थियो।

ग्राहकहरुको व्यक्तिगत जानकारी सुरक्षित गर्नु पर्ने कर्तव्यको उलंघन गरेको र अपर्याप्त डाटा सुरक्षा भएको कम्पनी माथी आरोप थियो। टी मोबाइले आफूले गलत काम गरेको अस्वीकार गरेको छ। कम्पनीले यस वर्षको दोस्रा त्रैमाससम्म करिब ४०० मिलियन कर बाहेको रकम क्षतिपूर्ती वापत तिर्नेछ। साथै कम्पनीले डाटा सुरक्षाका लागि १५० मिलियन अमेरिकी डलर खर्च गर्ने योजना बनाएको छ।

टी मोबाइले पछिल्लो अगष्टमा डाटा उल्लंघनको खुलासा गरेको थियो। यसबाट उक्त समय ४७ मिलियन भन्दा बढी ग्राहक प्रभावित भएका थिए।

उक्त संख्या छिट्टै ५० मिलियनभन्दा बढी भएको थियो। टी मोबाइलको जाँचले नोभेम्बरमा अतिरिक्त २६ मिलियन मानिसको व्यक्तिगत जानकारीसम्म पुहँच पुगेको थियो।

यसमा ग्राहकको नाम, ठेगना, जन्म मिति, चालक अनुमतिपत्र र सामाजिक सुरक्षा नम्बरहरु समावेश रहेको छ।

उक्त ह्याकिङको पछाडि केही वर्ष अघि अमेरिकाबाट टर्कीमा बसाई सरेका २१ वर्षीइ जोन बिन्सको हात रहेको छ। उनले इन्टरनेटमा असुरक्षित राउटर फेला पारेपछि टी मोबाइल डिफेन्स छेडेको द वाल स्ट्रिट जर्नलको गत अगष्टमा प्रकाशित रिपोर्टमा उल्लेख छ।

प्रकाशित: ८ श्रावण २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...