
काठमाडौं ।
ई–कमर्स प्लेटफर्म बिजबजारले यही साउन ४ गते बुधबार भेन्डर मिट कार्यक्रम आयोजना गरेको छ। सो कार्यक्रममा बिजबजारका आगामी योजना तथा नेपालमा इकमर्सको आवश्यकता, चुनौती तथा अवसरहरूका बारे विस्तृत छलफल भएको कम्पनीले जनाएको छ।
उक्त कार्यक्रममा विभिन्न विधाका करिब २०० जना बिक्रेताहरूको सक्रिय सहभागिता रहेको थियो।
समग्र कम्पनी समूहका अध्यक्ष राम चन्द्र शर्माले अहिले सम्मको बिजबजारकाे व्यापारिक अनुभव तथा कम्पनीका आगामी योजनाहरू बिक्रेताहरू माझ राख्दै बिक्रेताहरू र ई–कमर्स प्लेटफर्म बिचको सम्बन्ध तथा सहकार्यको महत्त्व र त्यसबाट समग्र अर्थतन्त्रलाई पुग्न सक्ने टेवाका बारेमा जानकारी दिँदै नेपालले कल्पना गरेको डिजिटाइजेसन् हासिल गर्न ई–कमर्स प्लेटफर्म र बिक्रेता बिचको समन्वयन अपरिहार्य हुने कुरा बताएका थिए।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत गणेश गौतमले ई–कमर्स र ग्राहक बिचको सम्बन्धका बारेमा विस्तृत प्रस्तुति दिँदै ई–कमर्स प्लेटफर्म प्रति विभिन्न वर्गका ग्राहकहरूको मनोविज्ञान र व्यवहारका बारेमा प्रकाश पारे।
सहभागीले बिजबजारले बिक्रेतालाई प्रदान गरेको मार्केट प्लेस तथा सेवाहरूले आफ्नो व्यापारका लागि थप अवसर प्रदान गरेको जसले व्यापार विस्तारमा उल्लेख्य योगदान पुर्याउने जनाएका थिए। साथै ६० जिल्लामा आफ्नो सञ्जाल फैलाएको बिजबजारसँग सहकार्य गर्दा स्वतः आफ्नो व्यापारको दायरा पनि बढ्ने कुरामा विश्वस्त भएको जानकारी दिएको कम्पनीले जनाएको छ।
प्रकाशित: ८ श्रावण २०७९, आईतवार