
काठमाडौं ।
“चिप ४” भनिने अमेरिकी नेतृत्वको चिप गठबन्धनले बजारलाई हानि पुर्याउनुको सट्टा विश्वव्यापी आपूर्ति श्रृंखलाको स्थिरतालाई बढावा दिनुपर्ने चीनको वाणिज्य मन्त्रालयले बिहीबार बताएको छ।
आपूर्ति शृङ्खलाहरूमा सहकार्यलाई बढावा दिनु सम्पूर्ण विश्वको लागि लाभदायक भएको मन्त्रालयका प्रवक्ता शु जुइटिङले अनलाइन मिडिया सम्मेलनमा भने ।
उनले कुनै पनि फ्रेमवर्क अरूलाई भेदभाव गर्न वा बहिष्कार गर्न डिजाइन गर्नु नहुने बताएको रोयटर्सले जनाएको छ।
प्रकाशित: ७ श्रावण २०७९, शनिबार