Technology Khabar ७ श्रावण २०७९, शनिबार
काठमाडौं ।
वायरलेस इयरफोन विशेषगरी व्यायाम गर्दा प्रयोग गर्न निकै नै सहज हुने रेड्मी बड्स थ्री लाइट नेपाली बजारमा सार्वजनिक हुँदैछ।
रेड्मी बड्स थ्री लाइट टच कन्ट्रोलमार्फत आवाज सानो÷ठूलो बनाउन, गीत बजाउन तथा रोक्न र गीत परिवर्तन गर्न, आएका फोन कलहरू उठाउन वा डिलेट गर्न सहज हुने रेड्मी बड्स थ्री लाइट हो।
रेड्मी बड्स छिओमी ग्लोबल कम्पनी चीनद्धारा उत्पादन गर्ने भएकाले विभिन्न देशमा थ्री लाइटसँगै रेड्मी बड्स थ्री लाइट समेत बिक्रिका लागि पुर्याएको गीजाओले जनाएको छ।
छिओमी ग्लोबल कम्पनीका अनुसार एक पटक फुल चार्ज गर्दा १८ घन्टासम्म ब्याट्री टिक्ने रेड्मी बड्स थ्री लाइटको मूल्य नेपालका लागि ४ हजार रुपैयाँ तोकिएको छ।
प्रकाशित: ७ श्रावण २०७९, शनिबार