सामसङले अमेरिकामा ११ ओटा चिप प्लान्ट स्थापना गर्ने, २०० अर्ब अमेरिकी डलर लगानी गर्दै

  • Technology Khabar | ७ श्रावण २०७९, शनिबार
सामसङले अमेरिकामा ११ ओटा चिप प्लान्ट स्थापना गर्ने, २०० अर्ब अमेरिकी डलर लगानी गर्दै

काठमाडौं ।

सामसङ इलेक्ट्रोनिक्सले आगामी दुई दशकमा संयुक्त राज्य अमेरिकामा थप ११ ओटा चिप प्लान्टहरू निर्माण गर्ने भएको छ।

यसको लागि कम्पनीले करिब २०० अर्ब अमेरिकी डलर लगानी गर्ने योजना बनाएको टेक्सास राज्यमा दायर कागजातहरूलाई उद्धृत गर्दै योनहाप समाचार एजेन्सीले रिपोर्ट गरेको छ।

प्रस्तावित लगानी दक्षिण कोरियाली टेक जायन्टका टेलर र म्यानोर स्कूल डिस्ट्रिक्समा दायर गरिएका आवेदनहरूमा वर्णन गरिएको छ।

टेलरमा नौ र अस्टिनमा दुईओटा सम्भावित निर्माणको लागि कर छुटहरू खोज्दै सो राज्यमा ११ नयाँ चिप निर्माण सुविधाहरू तयार गर्ने उल्लेख छ।

प्रकाशित: ७ श्रावण २०७९, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...