अभियुक्त पक्रन सीसी क्यामरा सहयोगी

  • Technology Khabar | ६ श्रावण २०७९, शुक्रबार
अभियुक्त पक्रन सीसी क्यामरा सहयोगी
सांकेतिक तस्बिर

काठमाडौं ।

तनहुँमा आपराधिक क्रियाकलापमा संलग्न व्यक्तिलाई पक्राउ गर्न सीसी क्यामरा सहयोगी बन्न पुगेको छ। सीसी क्यामरा फुटेजको आधारमा अपराधमा संलग्न अभियुक्तहरूको खोजी गर्न सजिलो भएको प्रहरीले जनाएको छ ।

सीसी क्यामरामा कैद भएका फुटेजको सहयोगमा फरार अभियुक्तलाई पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याएको थुप्रै उदाहरण छन्।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक राजेन्द्रबाबु रेग्मी सडकमा जडान गरिएका सीसी क्यामराको सहयोगले दुर्घटना गरी फरार भएका अभियुक्तलाई पक्राउ गर्न सहयोग पुगेको बताउँछन्।

तनहुँका अधिकांश बजार क्षेत्रमा सीसीटीभी जडान गरिएका छन् । विशेषगरी राजमार्ग क्षेत्रलाई प्राथमिकतामा राखेर क्यामरा जडान गरिएको छ । सीसी क्यामरा जडानले सम्भाव्य घटनामा न्यूनीकरण भएको र शङ्कास्पद घटनाको पुष्टि गर्न मद्दत पुगेको जानकारी उनले दिए।

त्यस्तै चोरी, सवारी डकैती र सवारी दुर्घटना लगायत अपराधमा संलग्नहरूलाई पक्राउ गर्न सहज भएको छ । “राजमार्गका राखिएका क्यामराबाट ५० प्रतिशत घटनामा संलग्न भएकाहरूको पहिचान गरी कारबाही गरिएको छ,” प्रहरी उपरीक्षक रेग्मीले भने। गोरखापत्रबाट

प्रकाशित: ६ श्रावण २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार