बैदुको इलेक्ट्रिक कार अपोलो आरटी६ सार्वजनिक

  • Technology Khabar | ६ श्रावण २०७९, शुक्रबार
बैदुको इलेक्ट्रिक कार अपोलो आरटी६ सार्वजनिक

काठमाडौं ।

चिनियाँ सर्च इन्जिन तथा आर्टिफिसियल इन्टेलिजेन्स फर्म बैदुले नवीनतम स्वचालित इलेक्ट्रिक कार अपोलो आरटी६ सार्वजनिक गरेको छ।

बैडुले बिहीबार आफ्नो अत्याधुनिक इलेक्ट्रिक अटोनोमस ड्राइभिङ कार अपोले आरटी६ चीनमा सार्वजनिक गरेको एपी न्यूजले जनाएको छ।

उक्त अटोनोमस विद्युती कारको स्टेयरिङ ह्वील आवश्यकताको आधारमा हटाउन वा राख्न सकिने बैदु कम्पनीका महानिर्देशक जीउ बोकज्याङले सार्वजनिक कार्यक्रममा जानकारी दिए।

सवारी साधन चल्नु अघि विस्तृत नक्सा र यात्रु बसेपछि चालक बीना कुद्न सक्ने अपोलो आरटी ६को मूल्य २ लाख ५० हजार युआन तोकिएको छ।
चिनिया कम्पनी बैदुले यस अघि नै सेल्फ–ड्राइभिङ रोबोट्याक्सिस प्रयोग गरेर स्वतः कुद्ने सवारी साधन निर्माण गरेको थियो।

सार्वजनिक भएसँगै एपोलो आरटी६ कार शुरुमा चीनका ठूला शहर बेइजिङ, सांघाई, शेन्जेन र गुन्जाओमा उपलब्ध हुनेछ। विस्तारै अन्य क्षेत्र र अन्य मुलुकमा पुर्याईने कम्पनीले दाबी गरेको छ।

प्रकाशित: ६ श्रावण २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार