Technology Khabar ५ श्रावण २०७९, बिहीबार
काठमाडौं ।
आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई इलेक्ट्रिक प्रालिद्वारा ललितपुर महानगरपलिका लाई ५ थान राफ्ट इलेक्ट्रिक स्कूटरहरु हस्तान्तरण गरेका छ। स्कूटरहरु नगरपालिकाको एक कार्यक्रममा ललितपुर नगर प्रहरीलाई पुन: महानगरपलिकाले हस्तान्तरण गरेको हो।
आइएमई ईलेक्ट्रिक प्रलि राफ्ट इेलेक्ट्रिक स्कूटरहरु नेपालको लागि आधिकारिक बिक्रेता हो। नगरपालिकालाई हस्तान्तरण गरिएको राफ्ट वारिअर भारतमा उत्पादन भएको हो ।
एक पटक फुल चार्जमा १०० किमी रेन्जसम्म गूड्न सक्ने कम्पनीले जनाएको छ । अधिकतम किमी, बलियो बनावट साथै अधिक पर्फर्मेन्स दिनसक्ने भएकले सो स्कूटरहरु खरिद गरिएको नगरपालिकाले बताएको छ।
भारतमा उत्पादित राफ्ट स्कूटर, वारिअर साथै टिस्टा, इण्डुस, नुब्रा, जिस्पा समेत नेपालमा उपलब्ध मोडलहरु हुन्। कि लेस स्टार्ट, रिमोट लक्किङ, रीभर्स गियर, थेफ्ट अलार्म समेत रहेको छ। सेगमेटकै आधिकतम ३२० किमी रेन्ज दिन सक्ने स्कूटर पनि नेपाली बजारमा रहेको कम्पनीले बताएको छ ।
चिरिबाबु महर्जनका अनुसार नगर सुरक्षालाई व्यवस्थित गर्न र प्रभावकारी कार्य गर्न नगर प्रहरीलाई यस स्कूटर अझ सुबिधा हुने बताए।
नगर प्रमुख सिताराम हाछेथुले भने क्विक रेस्पोन्स टिमले सो स्कूटरहरुलाई प्रयोग गर्ने र निरन्तर नगर व्यवस्थापनमा खटिन मद्दत पुग्ने बताए।
प्रकाशित: ५ श्रावण २०७९, बिहीबार