
काठमाडौं ।
टेस्लाको बहुप्रतीक्षित साइबरट्रक सन् २०२३ को मध्यदेखि डेलिभरी हुने भएको छ।
टेस्लाका सीईओ इलन मस्कले लगानीकर्तासँगको बैठकमा साइबरट्रक सन् २०२३ को मध्यदेखि डेलिभरी शुरु गरिने बताएको द भर्जले उल्लेख गरेको छ।
टेस्लाले साइबरट्रकको घोषणा सन् २०१९ मा गरेको थियो। यसको उत्पादन सन् २०२१ देखि शुरु गर्ने बताएको थियो। अगष्ट २०२१ मा कम्पनीले साइबर ट्रकको उत्पादन २०२२ सम्म ढिलाइन हुने घोषणा गरेको थियो।
टेस्लाले साइबरट्रक, सेमी तथा रोडस्टर र मानवजस्तै देखिने रोबोट हुने बताइएको छ।
प्रकाशित: ५ श्रावण २०७९, बिहीबार