भारतको ५जी स्पेक्ट्रम लिलामीमा जियो आक्रामक हुने, स्पेक्ट्रम किन्न जम्मा गर्यो १४ हजार करोड भारु

  • Technology Khabar | ५ श्रावण २०७९, बिहीबार
भारतको ५जी स्पेक्ट्रम लिलामीमा जियो आक्रामक हुने, स्पेक्ट्रम किन्न जम्मा गर्यो १४ हजार करोड भारु

काठमाडौं ।

छिमेकी देश भारतमा यहि जुलाई २६ मा ५जीको स्पेक्ट्रम लिलामी शुरु हुँदैछ। यसको लागि रिलायन्स जियो, भारती एयरटेल, भोडाफोन आइडिया र अडानी डाटा नेटवर्कले जुलाई २६ मा सुरु हुने फाइभजी स्पेक्ट्रम लिलामीमा भाग लिनको लागि ठूलो रकम जम्मा गरेका छन्।

यसमध्ये सबैभन्दा धेरै रकम मुकेश अम्बानीको कम्पनी रिलायन्स जियोले जम्मा गरेको भारतीय मिडियाहरुले जनाएका छन्।

स्पेक्ट्रम लिलामीमा सहभागी हुने कम्पनीहरुले आफूले लिन चाहेको स्पेक्ट्रमको आधारमा पहिले नै रकम जम्मा गर्नुपर्ने प्राबधान राखिएको छ।

जियोले जम्मा गरेको रकम भारती एयरटेलको भन्दा २.५ गुणा र भोडाफोन आइडिया भन्दा ६.३ गुणा बढी छ। सो रकम अडानी डाटा नेटवर्कले जम्मा गरेको रकमभन्दा १४० गुणा बढी हो।

अडानीले जम्मा गरे १०० करोड भारु

समाचारकाअनुसार भारतीय दूरसञ्चार विभागको वेबसाइटमा पोस्ट गरिएको पूर्व-योग्य बोलीकर्ताहरूको सूची अनुसार, भोडाफोन आइडियाले भारु २,२०० करोड, भारती एयरटेलले भारु ५,५०० करोड, अडानी डाटा नेटवर्कले भारु १०० करोड र रिलायन्स जियोले भारु १४,००० करोड जम्मा गरेको छ। यसले देखाउँछ कि अडानीले आगामी लिलामीमा कम मूल्यको स्पेक्ट्रमको लागि मात्र बोली गर्नेछ।

जियो उच्चतम योग्यता अंक

भारु १४,००० करोडको ईएमडीको साथ, लिलामीको लागि जियोलाई बितरित योग्यता अंकहरू १,५९,८३० हो, जुन चार बोलपत्रकर्ताहरूमध्ये उच्च हो। सामान्यतया, ईएमडी रकमले स्पेक्ट्रम लिलामीमा सहभागी खेलाडीको भोक, रणनीति र लिलामीमा स्पेक्ट्रम उठाउने योजनाको व्यापक सङ्केत दिन्छ। एयरटेलको योग्यता अंक ६६,३३० छ, जबकि भोडाफोन आइडीयाको २९,३७० अंक छ। अडानीले जम्मा रकमको आधारमा १,६५० अंक प्राप्त गरेको समाचार रिपोर्टमा उल्लेख छ।

लिलामी जुलाई २६ बाट सुरु हुने

कम्तिमा ४.३ लाख करोड भारतीय रुपैयाँको कुल ७२ गीगाहर्ज स्पेक्ट्रम लिलामीको क्रममा ब्लकमा राखिनेछ। फाइभजी स्पेक्ट्रमको लिलामी जुलाई २६ बाट सुरु हुने बताइएको छ।

विभिन्न लो फ्रिक्वेन्सी ब्यान्डहरू (६०० मेगाहर्ज, ७०० मेगाहर्ज, ८०० मेगाहर्ज, ९०० मेगाहर्ज, १८०० मेगाहर्ज, २१०० मेगाहर्ज, २३०० मेगाहर्ज), मध्यम (३३०० मेगाहर्ज) र उच्च फ्रिक्वेन्सी २ गीगाहर्ज) का रेडियो तरंगका लागि लिलामी सञ्चालन हुनेछ।

प्रकाशित: ५ श्रावण २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार