अमेजन रोबोट्याक्सी व्यवसायमा प्रवेश गर्दै, सेल्फ ड्राइभिङ ट्याक्सी परीक्षण गर्ने तयारीमा

  • Technology Khabar | ५ श्रावण २०७९, बिहीबार
अमेजन रोबोट्याक्सी व्यवसायमा प्रवेश गर्दै, सेल्फ ड्राइभिङ ट्याक्सी परीक्षण गर्ने तयारीमा

काठमाडौं ।

सेल्फ ड्राइभिङ टेक्नोलोजी, इलेक्ट्रिक भेहिकलहरू जस्तै एक बढ्दो क्षेत्र हो। यसलाई अमेरिकालगायत सबै देशमा व्यावसायिक यातायातसँग जोड्ने काम सुरु भएको छ। यस क्षेत्रमा प्रवेश गर्ने निजी कम्पनीहरूको तुलनामा प्रतिस्पर्धा बढी छ।

अब अमेजन डटकम इंकको स्वामित्वमा रहेको स्व-ड्राइभिङ टेक्नोलोजी फर्म जुक्सले आफ्नो रोबोट्याक्सी व्यवसाय सुरु गर्ने तयारी गरिरहेको बताएको छ। कम्पनीले आफ्नो पेडल वा स्टेयरिङ ह्वील बिनाको गाडीले अमेरिकी संघीय नियमहरू पूरा गर्ने र अनुमतिका लागि आवेदन गरिरहेको बताएको छ।

रोयटर्सको रिपोर्टअनुसार कम्पनीले क्यालिफोर्नियामा टेस्ट ड्राइभ गर्न चाहेको छ। जूक्सका सह-संस्थापक तथा प्रमुख टेक्नोलोजी अफिसर जेसी लेभिसनले भने, “हामीले गाडीको विकासमा हाम्रो अतिरिक्त समय र स्रोतहरू खर्च गरेका छौं।” जेसी लेभिसनले हालको आर्थिक मन्दीले कम्पनीलाई कुनै असर नगरेको र जूक्सले यस वर्ष आफ्नो कार्यशक्ति बढाएर २,००० पुग्ने बताएको छ, जुन वर्षको सुरुमा १,४०० थियो।

यो गाडीको नाम भीएच६ (VH6) हो, जसमा ४ जना यात्रुहरु बस्न सक्छन् । जसमध्ये दुबैतर्फ यात्रुहरु आमनेसामने हुनेछन्। गाडीको लेआउट गत वर्ष जनवरीमा सार्वजनिक गरिएको क्रुजसँग मिल्दोजुल्दो छ।

विशेष कुरा के हो भने जुक्सको भीएच६ गाडी क्यालिफोर्नियाको त्यो कारखानामा बनेको छ, जहाँ टेस्ला कार पनि बनाइन्छ। कम्पनीले आफ्ना दर्जनौं कार तयार भइसकेको र हालको कारखानामा हजारौं गाडी उत्पादन गर्न सकिने बताएको छ।

स्टियरिङ ह्वील वा पेडल नभएका गाडी निर्माता कम्पनीहरूले सामान्यतया अमेरिकामा ‘सहुलियत’ का लागि राष्ट्रिय राजमार्ग ट्राफिक सुरक्षा प्रशासन (एनएचटीएसए) मा आवेदन गरेका छन्। लेभिनसनले भनेअनुसार उनको कम्पनीले संघीय मोटर वाहन सुरक्षा मापदण्ड अनुसार स्व-प्रमाणित गर्न रोजेको छ। यसले गर्दा यात्रुको सुरक्षाका लागि जूक्सका सवारीसाधन जिम्मेवार बनाउने उनले बताए।

प्रकाशित: ५ श्रावण २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार