आईफोन निर्माता फक्सकन र एनएक्सपी सेमिकन्डक्टर्सबीच ईभी बनाउन साझेदारी

  • Technology Khabar | ५ श्रावण २०७९, बिहीबार
आईफोन निर्माता फक्सकन र एनएक्सपी सेमिकन्डक्टर्सबीच ईभी बनाउन साझेदारी

काठमाडौं ।

ताइवानको फक्सकनले बुधवार चिपमेकर एनएक्सपी सेमीकन्डक्टर्ससँग विद्युतीय सवारी साधनको प्लेटफर्म विकास गर्न साझेदारी गरेको छ। यो साझेदारीका साथमा आईफोन एसेम्बलरले अटो बजारमा प्रवेश गर्न त्यस्ता सम्झौताहरूको लहर थपेको छ।

फक्सकन एप्पलको आईफोन एसेम्बल गर्नका लागि प्रख्यात छ। हालैका वर्षहरूमा अमेरिकी स्टार्टअप फिस्कर इंक र भारतीय समूह वेदान्त लिमिटेडसँग सम्झौताहरू घोषणा गर्दै, इलेक्ट्रिक भेहिकलहरू (इभीहरु) र सेमिकण्डक्टरहरू लगायतका क्षेत्रमा आफ्नो सेवा विस्तार गरेको छ।

कम्पनीले एक प्रेस विज्ञप्तीमा यो इभी प्लेटफर्म तयार पार्ने साझेदारीले आधारभूत अवसर भएको भन्दै यसको क्षमताले तिब्ररुिमा इभी उत्पादन गर्न र मूल्य कम गर्न सहयोगी हुने बताएको छ।

ताइवानमा आधारित कम्पनीले एनएक्सपीसँग १० भन्दा बढी स्वचालित उत्पादनहरू निर्माण गर्ने योजना बनाएको छ र तिनीहरू चाँडै नै विकासमा हुनेछन्, जसमा एनएक्सपीको प्रोसेसरहरू प्रयोग गरी अर्को पुस्ताका इभी प्लेटफर्महरू समावेश छन्।

फक्सकनले सन् २०२५ देखि २०२७ सम्ममा विश्वका १० प्रतिशत इभीलाई कम्पोनेन्ट वा सेवा उपलब्ध गराउने लक्ष्य राखेको अध्यक्ष लिउ यंग-वेले बताएका छन्।

प्रकाशित: ५ श्रावण २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार