Technology Khabar ५ श्रावण २०७९, बिहीबार
काठमाडौं ।
चिनियाँ प्रविधिमाथि अमेरिका भर पर्नुपरेको छ। अमेरिकाले गएराति सार्वजनिक गरेको एक प्रतिवेदनअनुसार चीनमा उत्पादन हुने प्रविधि सामाग्रीमा कडाई गर्न पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको अतिरिक्त करको मार अमेरिकी आयातकर्तामा परेको रोयटर्सले जनाएको छ।
अमेरिकाका आयातकर्ताबाट गत वर्ष सन् २०२१ को अन्त्यसम्म चिनियाँ वस्तुले करमार्फत ३२ अर्ब डलर पाएका छन्। जसमध्ये आधा १६ अर्ब अमेरिकी डलर चीनले उत्पादन गरेको कम्प्युटर र विद्युतीय उत्पादनमा तिरेका छन्।
अमेरिकाको कन्ज्युमर टेक्नोलोजी एसोसिएसनले यस्तो असरबाट बच्न अमेरिकाका वर्तमान राष्ट्रपति जो बाइडेनलाई पूर्ववर्ती सरकारले सन् २०१८ को मध्यमा शुरु गरेको चिनियाँ वस्तुमा लाग्ने ठूलो कर सच्चाउन आग्रह गरेको छ।
प्रकाशित: ५ श्रावण २०७९, बिहीबार