
काठमाडौं ।
पब्जीको नयाँ राजदूतमा पेरिस सेन्ट जर्मेन तथा ब्राजिलका फुटबल स्टार नेमार जुनियर नियुक्त भएका छन्। क्राफ्टन इंकले नेमारलाई नयाँ राजदूतमा नियुक्त गरेको १४ जुलाईमा घोषणा गरेको हो।
राजदूतका रुपमा नेमारले पब्जीको इन गेम र अफ गेम गतिविधिहरुमा वर्षभर सक्रिय रहने डीबीएलट्यापले उल्लेख गरेको छ।
साझेदारी शुरु गर्दै नेमार र उनका साथीहरुले फेसबुक लाइभ स्ट्रिम मार्फत् नयाँ म्याप डेस्टोन सार्वजनिक गरेका थिए। नेमारको टोलीमा स्ट्रिमर गौल्स, नेटेन्हो र व्यवसायी पब्जी खेलाडी स्पार्किङ रहेका छन्।
१४ जुलाईमा आयोजना गरिएको लाइभ स्ट्रिममा करिब ८८ मिलियन भ्यू प्राप्त गरेको थियो। उक्त लाइभ स्ट्रिम साढे २ घण्टासम्म चलेको थियो। उक्त स्ट्रिम नेमारको फेसबुक पेजमा हेर्न सकिन्छ।
डीबीएलट्याबका अनुसार नेमारले सन् २०१७ देखि पब्जी खेल्दै आइरहेका छन्। यो साझेदारीले उनीहरु बीचको सम्बन्ध अझै प्रगाड बनेको छ। पब्जीमा भाग लिनु अद्भुत भएको नेमारले टिप्पणी गरेका छन्।
‘नयाँ परियोजनाको हिस्सा हुन पाउँदा गौरम्भित महशुस भएको छ,’ नेमारले भने, ‘नयाँ म्यापमा खेल्न पर्खन सक्दिन।’
प्रसंशकहरुले नेमार जूनियरलाई नियमित रुपमा आफ्नो फेसबुक गेमिङ च्यानलमा पब्जी स्ट्रिम गरेको देख्न सक्नेछन्।
प्रकाशित: ५ श्रावण २०७९, बिहीबार