Technology Khabar ४ श्रावण २०७९, बुधबार
काठमाडौं ।
अनलाईन कारोबार गर्ने भारतीय कम्पनी फ्लिपकार्टको सहायक कम्पनी क्लियरट्रिपमा ठूलो साइबर हमला भएको छ।
क्लियरट्रिपले ग्राहकहरूलाई सुरक्षा उल्लंघन भई ह्याकरहरूले क्लियरट्रिपको आन्तरिक प्रणालीहरूमा पहुँच बढाई असर पारेको बताउँदै सचेत हुनको लागि पासवर्ड बलियो र नियमित परिवर्तनका लागि आग्रह गरेको छ।
भारतका सुरक्षा अनुसन्धानकर्ता सन्नी नेहराले ह्याकरहरूले क्लियरट्रिप डाटा डार्क वेबमार्फत पनि बेचिरहेको बताएका छन्, यद्यपि मूल्यको बारेमा अहिले कुनै जानकारी प्राप्त भएको छैन। नेहराकाअनुसार क्लियरट्रिपको सबै डाटा ह्याकरले लिएको देखिन्छ।
साइबर हमला भएसँगै भारतको लोकप्रिय ट्राभल बुकिङ प्लेटफर्म क्लियरट्रिपले पनि डाटाहरु डार्क वेबमार्फत चोरी भएको स्वीकार गरेको छ।
यद्यपी फ्लिपकार्टको कम्पनी क्लियरट्रिपले ह्याकरहरु विरुद्ध कानुनी कारबाही गर्ने समेत बताएको छ।
यसअघि २०१७ मा पनि क्लियरट्रिपमा साइबर हमला भएको थियो।
प्रकाशित: ४ श्रावण २०७९, बुधबार