मनिचेञ्जरले विद्युतीय माध्यमबाटै सटही सुविधा दिनसक्ने

Technology Khabar ४ श्रावण २०७९, बुधबार

काठमाडौं ।

अबदेखि मनिचेञ्जर कारोबार गर्ने कम्पनीहरुले क्यूआर कोडमार्फत समेत विदेशी मुद्राको सटही सुबिधा दिनसक्ने भएका छन्।

नेपाल राष्ट्र बैंकले हालै नेपाल राष्ट्र बैंक मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ जारी गर्दै विद्युतीय माध्यमबाट सटही सुविधा दिन सक्ने सुबिधा दिएको हो।

अबदेखि मनिचेञ्जर कारोबार गर्दा पालना गर्नुपर्ने शर्तहरू अन्तरगत मनिचेञ्जरले कुनै पनि बैंकसँग सम्झौता गरी पोइन्ट अफ सेल्स
(पी.ओ.एस.), क्युआर कोड लगायतका विद्युतीय माध्यमबाट सटही
सुविधा दिन सक्ने व्यवस्था गरिएको हो।

प्रकाशित: ४ श्रावण २०७९, बुधबार

तपाइको प्रतिक्रिया