
काठमाडौं ।
अस्पतालमा ह्याक गर्ने उत्तर कोरियालीलाई अमेरिकाले बाधा पुर्याएको छ।
अनुसन्धान सम्बन्धी संघिय व्यूरो र न्याय विभागले हालै उत्तर कोरियाली सरकारद्वारा प्रायोजित ह्याकिङ समूहको गतिविधिलाई अवरुद्ध पारेको दाबी गरेको एपी न्यूजले जनाएको छ।
जसले प्रविधिको प्रयोगबाट अवरोध गरेर फिरौती भुक्तानी र विद्युतिय माध्यमबाट कारोबार हुने रकम क्रिप्टोकरेन्सीबाट आधा मिलियन डलर फिर्ता लिएको अमेरिकाका उप महान्यायाधिवक्ता लिसा मोनाकोले जानकारी दिईन्।
अमेरिकाको न्यूयोर्कमा आयोजित साइबर क्राइम सम्बन्धी एक कार्यक्रममा उनले अस्पतालाई लक्षित गरि रकम मोलमोलाई गर्दै विद्युतिय कारोबार गर्न सक्रिय भएकालाई निश्क्रिय पार्न जुटेको कारबाहीमा पर्नेलाई न्याय विभाग सफल हुने उल्लेख गरिन्। उत्तर कोरियाली ह्याकरले चीनमा बस्दै अस्पतालमा उपचार गर्ने व्यक्ति र अस्पताललाई नै असर पार्ने काम गरेकाले अनुसन्धान व्यूरो अघि बढेको जानकारी उनले दिइन्।
पछिल्लो समय अमेरिकाको कन्सास अस्पतालमा उत्तर कोरियाका ह्याकरले सताएकोले अनुसन्धान व्यूरोको सहयोगले दोषी उपर कारबाही गर्न सकिएको अमेरिकाको दाबी छ।
प्रकाशित: ४ श्रावण २०७९, बुधबार