नयाँ एथर ४५० एक्स र ४५० प्लसको तेस्रो जेनेरेसन सार्वजनिक

  • Technology Khabar | ४ श्रावण २०७९, बुधबार
नयाँ एथर ४५० एक्स र ४५० प्लसको तेस्रो जेनेरेसन सार्वजनिक

काठमाडौं ।

इलेक्ट्रिक टू ह्विलर निर्माता कम्पनी एथर इनर्जीले आफ्नो लोकप्रिय इलेक्ट्रिक स्कुट एथर ४५० एक्स र ४५० प्लसको तेस्रो जेनेरेसन सार्वजनिक गरेको छ।

कम्पनीले एथर ४५० एक्स तेस्रो जेनेरेसन १ लाख ३९ हजार ९ भारु (एक्स शोरुम, दिल्ली) र एथर ४५० प्लस तेस्रो जेनेरेसन १ लाख १७ हजार ४९६ भारु (एक्स शोरुम, दिल्ली) मूल्यमा सार्वजनिक गरेको ड्राइभस्पार्कले उल्लेख गरेको छ।

कम्पनीले आफ्नो नयाँ इलेक्ट्रिक स्कुटर भारतको १० शहरमा सार्वजनिक गरेको हो। शहर अनुसार कम्पनीले मूल्य फरक राखेको छ।

एथर ४५० एक्सको नयाँ मोडलमा ठूलो अपडेटको रुपमा २.९ किलोवाट ब्याट्री प्याकको स्थानमा ३.७ किलोवाटको लिथियम-आयन ब्याट्री प्याक दिइएको छ। उक्त ब्याट्रीले १४६ किलोमिटर रेञ्ज दिनेछ। जसको रियल वल्र्ड रेञ्ज १०५ किलोमिटर प्रति चार्ज बताइएको छ।

एथर ४५० एक्स तेस्रो जेनेरेसन ४ राईड मोड वार्प मोड, स्पोर्ट मोड, राइड मोड र इको मोडमा उपलब्ध छ। ईको मोडमा १०५ किमी, राइड मोडमा ८५ किमी, स्पोर्ट मोडमा ७५ किमी र वार्प मोडमा ६५ किमी रेञ्ज प्रदान गर्ने कम्पनीले जानकारी दिएको छ।

उक्त इलेक्ट्रिक स्कुटर एल्युमिनियम फ्रेममा तयार गरिएको कम्पनीको भनाइ छ।

यस स्कुटरमा एथर टायर प्रेसर मोनिटरिङ सिस्टम पनि दिइएको छ। कम्पनीले यसलाई एक्सेसरीको रुपमा प्रस्तुत गरेको छ। यसका साथै कम्पनीले नयाँ एथर ४५० एक्स तेस्रो जेनेरेसनको भ्यू मिरर पनि परिवर्तन गरेको छ।

कम्पनीले स्कुटरमा नयाँ रिफ्रेस ड्याबोड दिएको छ। साथै इन्ट्«मेन्ट कन्सोल पनि अपडेट गरिएको जसमा अगामी दिनमा अन्य फिचर जोडिने छ।

नयाँ इलेक्ट्रिक स्कुटरमा फुल एलईडी लाइटिङ, ४.२ इन्चको टचस्क्रिन, इन्ट्रुमेन्ट कल्स्टर, ब्लूटूथ कनेक्टिभिटी, इन्टिग्रेटेड फोरजी एलटीई सिम कनेक्टिभिटी, ओटीए अपडेट, अनबोर्ड नेभिगेसन, डिजिटल डकुमेन्ट स्टोरेज, म्यूजिक र कल कन्ट्रोल, रिभर्स मोड लगायत फिचर दिइएको छ।

प्रकाशित: ४ श्रावण २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार