Technology Khabar ४ श्रावण २०७९, बुधबार
काठमाडौं ।
अनरले नयाँ ट्याबलेट र स्मार्टफोन बजारमा ल्याउने भएको छ।
कम्पनीको अनर ८ ट्याबलेट र अनर एक्स४० आई स्मार्टफोन बिहीबार सार्वजनिक हुने गिज्मोचाइनाले उल्लेख गरेको छ।
कम्पनी यसको पुष्टी आधिकारिक पोष्टर प्रकाशित गरेर गरेको हो।
ट्याबलेटमा आँखाको सुरक्षा गर्ने १२ इन्चको डिस्प्ले, ८ स्टेरियो स्पिकर र हल्का पातलो मेटल बडी फेम दिइएको छ।
आधिकारिक पोष्टरका अनुसार डिभाइसमा घुमाउरो किनारा, स्क्रिन टू बडी रेसियो अघिल्लो पुस्ताको अनर भी७ प्रो ट्याबलेट समान छ।
अनर ८ ट्याबलेटको बटममा यूएसबी सी पोर्ट, पछाडि ओभल रेन्स मोड्युल र पछाडिको बीचमा ठाडो रुपमा खाखिएको अनर ब्राण्डिङ देख्न सकिन्छ।
डिभाइसको पछाडिको क्यामरा कन्फिगरेसन डिजाइन अनर भी७ प्रोसँग मिल्दोजुल्दो छ।
रिपोर्ट अनुसार नयाँ जेनेरेसनको अनर ट्याबलेटमा २के रिजोल्युसन डिस्पले र २२.५ वाटको फास्ट चार्जिङ सपोर्ट गर्छ। ट्याबलेटमा क्वालकम स्न्यापड्रागन ६८० प्रोसेसर रहेको छ। कम्पनीको तर्फबाट नयाँ ट्याबलेटको अन्य विवरण सार्वजनिक गरिएको छैन।
कम्पनीले बिहीबार अनर ८ ट्याबलेटसँगै अनर एक्स४०आई स्मार्टफोन, अनर स्मार्ट स्क्रिन एक्स३ सिरिज स्मार्ट टीभी र अन्य डिभाइस पनि सार्वजनिक गर्नेछ।
प्रकाशित: ४ श्रावण २०७९, बुधबार