बुधबारबाट नेपालभर अनलाइनबाटै मतदाता नामावली दर्ता

  • Technology Khabar | ४ श्रावण २०७९, बुधबार
बुधबारबाट नेपालभर अनलाइनबाटै मतदाता नामावली दर्ता

काठमाडौं ।

साउन ४ बुधबार अर्थात् आजकै दिनबाट अब काठमाडौं उपत्यका बाहिर पनि अनलाइनबाटै मतदाता नामावली दर्ता गर्न सकिने भएको छ।

उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा परीक्षणकालीन रूपमा सेवा सुरु भएको यो सेवा अन्य जिल्लामा समेत विस्तार भएको हो।

आयोगका सचिव गोकर्णमणि दुवाडीका अनुसार काभ्रेपलाञ्चोक, चितवन, कास्की, मोरङ्ग र झापामा गरी थप पाँच जिल्लामा अनलाइन सेवा विस्तारसँगै सबै जिल्लामा सुविधा पुर्याउने आयोगको तयारी छ।

निर्वाचन आयोगले अनलाइनबाटै मतदाता नामावलीको प्रारम्भिक दर्ता कार्यका लागि वेबसाइटमा आधारित ‘भोटर लिस्ट प्रि रजिस्ट्रेसन’ सिस्टम तयार पारेको छ।

जसले गर्दा मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्न जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय वा इलाका प्रशासन कार्यालयमा पुग्नु नपर्ने बताइएको छ।

प्रकाशित: ४ श्रावण २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार