एसवाई प्यानलले टिकटक प्रतियोगिता आयोजना गर्दै, ८ लाख ८५ हजार पुरस्कार राशी

  • Technology Khabar | ३ श्रावण २०७९, मंगलवार
एसवाई प्यानलले टिकटक प्रतियोगिता आयोजना गर्दै, ८ लाख ८५ हजार पुरस्कार राशी

काठमाडौं ।

कोरियन प्रविधिको स्यान्ड्विच प्यानल उत्पादन गर्ने कम्पनी एसवाई प्यानल नेपालले टिकटक प्रतियोगिता गर्ने भएको छ। प्रतियोगितामा भाग लिने प्रतियोगीले कम्पनिको अफिसियल भिडियोको ओरिजिनल साउन्डमा भिडियो बनाउनु पर्नेछ।

प्रतियोगितामा साउन ६ गतेदेखि भदौ ६ गतेसम्म भिडियो पोस्ट गरिसक्नुपर्नेछ।

कम्पनीकाअनुसार बिजेताले डेढ लाख नगद रुपैयाँ पाउनेछन् भने दोस्रो हुने दुई जनाले प्रतिब्यक्ति एक लाख नगद रुपैयाँ पाउनेछन् । त्यस्तै तेस्रो (तीन जना) प्रतिब्यक्ति पचहत्तर हजार प्रदान गरिनेछ भने चौथो (चार जना) प्रतिब्यक्ति चालीस हजार र पाँचौं (पाँच जना) प्रतिब्यक्ति तिस हजारका दरले पुरस्कार स्वरुप नगद प्रदान गरिने एसवाई प्यानलका महाप्रबन्धक शशी साहले जानकारी दिए।

प्रतियोगिताबाट उत्कृष्ट भिडियोहरुलाइ छनौट गरि ३० प्रतिशत लाइकको आधारमा ४० प्रतिशत सिर्जनात्मक र निर्णायकको आधारमा र १० प्रतिशत मोस्ट भ्यूज, मोस्ट शेयर, मोस्ट कमेन्टको आधारमा बिजयी घोषणा गरिने जनाएको छ।

भदौ दस गते पुरस्कार बितरण गरिनेछ भने भिडियो सिर्जनात्मक र सभ्य हुनुपर्नेछ। टिकटक बनाइसकेपछि अनिवार्य रुपमा @SY_NEPAL मा ट्याग गर्नुपर्नेछ भने ह्याशट्यागको रुपमा #synepal #sayyes प्रयोग गर्नुपर्ने जनाएको छ।

महाप्रबन्धक साहकाअनुसार नेपाल सरकारको नियम अनुसार लाग्ने कर बिजेता स्वयंले ब्यहोर्नु पर्नेछ।

प्रकाशित: ३ श्रावण २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार